३० भदौँ, काठमाडौँ । एप्पलले मंगलबार क्यालिफोर्निया स्ट्रिमिको एक भर्चुअल कार्यक्रममा आईफोन १३, आईफोन १३ मिनि, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको छ ।
आईफोन १३ मा ६.१ इन्चको स्क्रीन रहेको छ र आईफोन १३ मिनीमा ५.४ इन्चको स्क्रीन रहेको छ । आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।
ए१५ बायोनिक चिपयुक्त आईफोन १३ मा अहिलेसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको कम्पनीले दाबी गरेको छ । यो फोनमा १६ कोर न्युरल इन्जिन रहेकोले आईओएस १५ को साथमा प्रयोगकर्ताले विशिष्ट अनुभव प्राप्त गर्ने एप्पलको दाबी छ । एप्लले आईफोन १३ मा डुअल रियर क्यामेरा दिएको छ । जसमा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेका छन् ।
एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा भने ट्रिपल रियर क्यामरा हुनेछन् । आइफोन १३ सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ ।
आईफोन १३ मिनीको मूल्य ६९९ डलर, आईफोन १३ को मूल्य ७९९ डलर, आइफोन १३ प्रोको मूल्य ९९९ डलर र आइफोन १३ प्रो म्याक्सकाे मूल्य १०९९ डलर तोकिएको छ ।
वि.सं.२०७८ भदौ ३० बुधवार १०:३७ मा प्रकाशित


























