सरकारले बिगत देखि नै लैंगिक हिंसा र भेदभाव अन्त्य गरी समाजमा रहेका पिछडिएका र सिमान्तकृत वर्ग खास गरी महिलाहरुको ससक्तिकरण गर्दै समाबेशी राज्य निर्माणको सबाललाइ प्राथमिक्तामा राखी काम गर्दै आएको छ । तर पनि यर्स समस्याबाट नेपालले उन्मुक्ति पाउन सकेको छैन । छैटौं योजनामा शिक्षा, साक्षरता, स्वास्थ, परिबार नियोजन जस्ता कार्यक्रमहरुमा महिलाको क्षमता अभिबृद्दि गराउन २०६८/६९/७० निति निर्माण र कार्यान्वयन समेत गर्दै, लैंगिक समानता र महिला ससक्तिकरणमा जोड दिएको छ। महिलाको मुलभुत तथा समान अधिकार सुनिस्चित गर्दै समुन्नत, न्यायपूर्ण लैंगिक रुपले समाबेशि र समतामुलक नयॅा नेपाल निर्माण गर्ने दिर्घकालिन सोचका साथ सबै वर्ग, क्षेत्रका महिलाको सामाजिक, आर्थिक, राजनैतिक ससक्तिकरण गर्दै दिगो शान्ति एवं बिकासमा महिला सहभागिता, महिलाको भुमिका ससक्त बनाउँदै, महिला बिरुद्धको बिभिन्न प्रकारका लैंगिकतामा आधारित हिंसा एवं विभेदको अन्त्यका लागि जोड दिने प्रयत्नमा लाग्नेछु ।
लैंगिक हिंसा विरुद्ध कार्ययोजनामा अहिलेसम्म केहि उपलब्धीहरु हासिल भएता पनि लैंगिक हिंसा र लैंगिक बिभेद सामाजिक विकृतिजन्य समस्याको कारण बनेको छ। महिला आन्दोलनलाई अझ ससक्त, बलियो र प्रभाबकारी बनाउदै अघि बढ्नु पर्नेछ । कुसल र सफल, अनुशासित नेतृत्वको बिकास मा जोड दिनु पर्नेछ। बिगतमा भएका गल्ति कम्जोरीलाइ सुधार गर्दै अघि बढनु पर्नेछ। जनता प्रति, पार्टी प्रति, महिला संघर्ष समितिहरु प्रति र संगठन प्रति जिम्मेवार रहदै आफुलाई क्षमता र सक्षमताका आधारमा बिकास गर्ने र अहिले सम्म प्राप्त उपलब्धिहरुलाई आत्मसाथ गर्दै थप कार्यभार प्रति अझ ससक्त र संघर्षहरु गर्दै अघि बढ्ने प्रतिबद्धता मेरो रहनेछ । सबै वर्ग, जाति, पेशा, समुदायका शान्तिपुर्ण आन्दोलनहरुमा एक्यबद्दता गर्दै, पितृसतात्मक दमन शोषण, उत्पीडन, सामन्तबाद, साम्राज्यबाद, नवउदारबादका विरुद्ध नेपाली महिलाहरुलाइ जागृत गर्दै अघि बढ्नु पर्ने आवश्यकता देखेको छु ।
नेपालको राजनितिक आन्दोलनहरु, नेकपा माओबादी केन्द्रको १० वर्षे सशक्त जनयुद्द, २०६२–६३ को जनआन्दोलन, मधेश आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु, अधिकारहरु कार्यन्वयन र थप प्राप्तिका लागि जोड दिदै अगाडि बढ्नु पर्नेछ।
समानुपातिक, समाबेशी सहभागिता मा थोरै उपलब्धि भएको छ। संघीय लोकतान्त्रीक गणतन्त्रात्मक, समानुपातिक , समाबेशी सहभगिता मुलक समाजबाद उन्मुख संबिधान बनिसकेको अबस्था छ। सोहि अनुरुप महिला मुक्ति आनदोलनहरुलाइ अझ प्रभाबकारी बनाउदै, नयॅा जनबादि क्रान्तिमा अग्रसर भइ परिबर्तनको यात्रामा अघि बढ्नेमा मेरो सशसक्त भूमिका रहने छ । राजनितिमा महिला, युवा र विद्यार्थीलाइ शसक्त ढंगले अगि बढाउन सकिएन भने पुस्तान्तरणको पनि ठूलो समस्या देखिएको छ। त्यसैले युवा र महिला संगठनलार्इ अझ ससक्त, बलियो बनाउदै लान सके मात्र देशले नयाँ नेतृत्व पाउन सक्नेछ।
सामान्यत : युवाको अर्थ उमेर समूह हो, यद्यपि यो मात्र सम्पूर्ण होइन। युवा उमेर समूहभित्र पर्ने व्यक्तिको चिन्तन कति प्रगतिशील छ, व्यवहारमा ऊ कति सक्रिय छ, कार्यशैलीमा ऊ कति गतिशील छ, जस्ता पक्षहरू पनि महत्त्वपूर्ण हुन्छन्। तसर्थ, उमेरका साथै उसको चिन्तन, व्यवहार र कार्यशैली सफलता वा असफलताका लागि जिम्मेवार रहन्छन्। नेतृत्वको विकास सामाजिक विकास र त्यसको स्तरमा निर्भर रहन्छ। समाजको आर्थिक अवस्था जस्तो छ, चिन्तनको स्तर जस्तो छ, सामाजिक अन्तर्सम्बन्धको आयाम जे छ, त्यसको आधारमा नेतृत्वको विकास हुन्छ। पिछडिएको समाजबाट प्रगतिशील र गतिशील नेतृत्व जन्मिने सम्भावना न्यून हुन्छ। तसर्थ, गतिशील नेतृत्वका लागि सामाजिक रूपान्तरण महत्त्वपूर्ण हुन्छ।
पूरानो पुस्ता र नयाँ पुस्ताबिच अन्तर्निर्भरता र विरोधाभाष दुवै हुन्छ। अन्तर्निर्भरता यस अर्थमा हुन्छ कि अघिल्लो पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तालाई उत्तरदेनका रूपमा प्राप्त हुन्छ। विरोधाभाष यस अर्थमा हुन्छ कि नयाँ पुस्ताको गतिशीलता पूरानो पुस्ताले बोक्न सक्दैन।
युवा उमेर मात्र नभएर एक विशाल दृष्टिकोण पनि हो। यसर्थ युवा पुस्ताले उमेरका आधारमा मात्र होइन, उन्नत चेतना, आधुनिक युगको मूल्यवोध र बहुआयामिक क्षमता विकासका आधारमा नेतृत्व विकास गर्नुपर्छ।
राजनीतिमा नेतृत्व विकासका लागि केही महत्त्वपूर्ण आयाम छन्, आफू आवद्ध दलको सिद्धान्त र नीतिप्रतिको ज्ञान, त्यसमा नयाँपन र परिस्करणको चेतना, अध्ययन संस्कृतिको विकास, समाजमा रोलमोडल कायम गर्ने विचार र व्यवहार, समाज र जनताको अध्ययन र सम्बन्ध आदि यी कुरामा परम्परागत भएर मात्र सही नेतृत्व विकास हुन सक्दछ।
नेतृत्व एक प्रणाली पनि हो, यसले प्रणालीको विकासमा जोड दिनुपर्छ। राज्यमा प्रणाली विकासको ठोस मार्गचित्र प्रस्तुत गर्नु हाम्रो जिम्मेवारी हो। राजनीतिमा नयाँ पुस्ताको उदयका लागि रचनात्मक संघर्ष र आफ्नै खुट्टामा उभिन सक्ने वैचारिक धरातल, जनसमुदायको समर्थन र प्राप्त जिम्मेवारीको कुशल कार्यसम्पादन चाहिन्छ। महिला संगठनलाई अझ ससक्त बनाउदै लैंगिक समानताको लागि आफ्नो पार्टी भित्र तथा सम्पूर्ण महिलाहरुलालाई एकजुट भइ संघर्ष गर्न उत्प्रेरित गर्दै व्यापक, ब्यबस्थित पार्दै अनुसाशन सृजनात्मक, सक्रियता सहभागिता बृद्दि गर्दै, महिलाको आत्मबल बृद्दि गर्ने जस्ता सृजनात्मक, उत्पादनका कार्यहरुमा सहभगिता बढाउँदै, बैज्ञानिक समाजबादको शाषण प्रणालि स्थापनाको लक्ष्य सहित, निर्बाचन प्रणालिमा ब्यापक परिबर्तन ल्याउन सके मात्र सक्षम र क्षमता भएका ब्यक्ति निर्बाचित हुन सक्ने छन् । कुसल नेतृत्वले मात्र देशको बिकास गर्न सक्ने छ । पूर्ण समानुपातिक निर्बाचन प्रणालि लगायत शासकिय स्वरुप महिला मैत्री बनाउनमा जोड दिन सके मात्र सक्षमता र क्षमताका आधारमा महिला निर्बाचित हुन सक्नेछन। अहिले पनि दलहरुले महिला नेतृत्व स्विकार गर्न सकेका छैनन । त्यसैले हरेक दल हरुमा महिला सहभागिता न्युन रहेको छ। यस बिषयलाई निरन्तर खबरदारी गर्दै महिलाको क्षमता बृद्धिमा ध्यान पुराउन सके मात्र मौलिक हक, समानताको हक, स्वतन्त्रताको हक, सामाजिक न्यायको हक, बिभिन्न अधिकारहरुलाइ सस्थागत गर्न सकिनेछ भन्ने आशा लिएको छु ।
(लेखिका कुँवर नेकपा (माओवादी केन्द्र),काठमान्डौ महानगर कमिटि सदस्य तथा महिला संयोजक तथा अनेमसंघ केन्द्रिय सदस्य हुन् ।)
वि.सं.२०७८ भदौ ३० बुधवार ०४:१४ मा प्रकाशित






























