back
CTIZAN AD

दक्षिण एशियाकै पहिलो अपाङ्गता मैत्री पार्टी आम नेपाल पार्टी

वि.सं.२०७३ फागुन १६ सोमवार

822 

shares

Thumbnails2_aammm (2)

काठमाण्डौं । दक्षिण एशियाकै पहिलो अपाङ्गता मैत्री पार्टी आम नेपाल पार्टी गठन भएको छ । निलकण्ठ पौडेलको संयोजकत्वमा गठन भएको पार्टीको घोषणा शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

पार्टी घोषणा गर्दै आम नेपाल पार्टीका संयोजक निलकण्ठ पौडेलले अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेकोमा आपत्ति प्रकट गरे।

संयोजक पौडेलले भने,‘यो पार्टी फरक बिचार बोकेर आएको पार्टी हो, यसले जनताका मौलिक समस्याहरू उठान मात्रै गर्दैन, समस्याको समाधान पनि गर्नेछ, यो पार्टीले जेष्ठ नागरिकको हकहितका विषयमा काम गर्नेछ, आमाबुवालाई नपाल्ने सन्तानलाई कारबाही गर्न हाम्रो पार्टीले कदम चाल्ने छ, अब अपाङ्गता भएका मानिसहरु माग्ने मात्रै हाईनन्, अरुको चिन्ता पनि गर्छन् भन्ने उदाहरणका साथ यो पार्टीको स्थापना भएको छ ।’

त्यस्तै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहराले नेपालमा मौलिक वाद र बिचारको भएका पार्टीले जनताको बीचमा उचित स्थान नपाएको स्थितिलाई चिर्नको लागि आफ्नो पार्टी र आम नेपाल पार्टी अघि बढ्नेमा जोड दिए ।
उनले भने,‘नेपालमा मौलिक बिचार र वाद बोकेको पार्टी हाम्रो नै हो, कुनै पनि काम सानैबाट सूरु हुन्छ, आज सानो पार्टि भनेर कसैले हेप्न पाईदैन, भोलि यहि पार्टी जनताको प्रिय पार्टी बन्न सक्छ, त्यसैले सबैको साथ लिएर अघि बढ्न सक्नुपर्छ।’

व्यवस्थापिका–संसदमा ४० प्रतिशत यूवाको उपस्थितितको माग, कार्यकारी राष्ट्रपति र संवैधानिक प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनुपर्ने, जेष्ठ नागरिकको भलाईको लागि काम गर्ने, राष्ट्रिय अपाङ् आयोग गठन गरि सातै प्रेदशमा तालिम केन्द्र बनाउने, कालोबजारीको अन्त्य गर्ने जस्ता काम गर्नको लागि आम नेपाल पार्टी अघि सरेको दक्षिण एशियाको पहिलो अपाङ्गता मैत्री पार्टी हुने उनीहरुको विश्वास छ।

वि.सं.२०७३ फागुन १६ सोमवार १०:३७ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...