back

दक्षिण एशियाकै पहिलो अपाङ्गता मैत्री पार्टी आम नेपाल पार्टी

वि.सं.२०७३ फागुन १६ सोमवार

447 

shares
IME Limited
NTC AD

Thumbnails2_aammm (2)

काठमाण्डौं । दक्षिण एशियाकै पहिलो अपाङ्गता मैत्री पार्टी आम नेपाल पार्टी गठन भएको छ । निलकण्ठ पौडेलको संयोजकत्वमा गठन भएको पार्टीको घोषणा शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

पार्टी घोषणा गर्दै आम नेपाल पार्टीका संयोजक निलकण्ठ पौडेलले अपाङ्ताका नाममा एनजिओ÷आईएनजिओले डलरको खेति गरिरहेकोमा आपत्ति प्रकट गरे।

संयोजक पौडेलले भने,‘यो पार्टी फरक बिचार बोकेर आएको पार्टी हो, यसले जनताका मौलिक समस्याहरू उठान मात्रै गर्दैन, समस्याको समाधान पनि गर्नेछ, यो पार्टीले जेष्ठ नागरिकको हकहितका विषयमा काम गर्नेछ, आमाबुवालाई नपाल्ने सन्तानलाई कारबाही गर्न हाम्रो पार्टीले कदम चाल्ने छ, अब अपाङ्गता भएका मानिसहरु माग्ने मात्रै हाईनन्, अरुको चिन्ता पनि गर्छन् भन्ने उदाहरणका साथ यो पार्टीको स्थापना भएको छ ।’

त्यस्तै हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहराले नेपालमा मौलिक वाद र बिचारको भएका पार्टीले जनताको बीचमा उचित स्थान नपाएको स्थितिलाई चिर्नको लागि आफ्नो पार्टी र आम नेपाल पार्टी अघि बढ्नेमा जोड दिए ।
उनले भने,‘नेपालमा मौलिक बिचार र वाद बोकेको पार्टी हाम्रो नै हो, कुनै पनि काम सानैबाट सूरु हुन्छ, आज सानो पार्टि भनेर कसैले हेप्न पाईदैन, भोलि यहि पार्टी जनताको प्रिय पार्टी बन्न सक्छ, त्यसैले सबैको साथ लिएर अघि बढ्न सक्नुपर्छ।’

व्यवस्थापिका–संसदमा ४० प्रतिशत यूवाको उपस्थितितको माग, कार्यकारी राष्ट्रपति र संवैधानिक प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनुपर्ने, जेष्ठ नागरिकको भलाईको लागि काम गर्ने, राष्ट्रिय अपाङ् आयोग गठन गरि सातै प्रेदशमा तालिम केन्द्र बनाउने, कालोबजारीको अन्त्य गर्ने जस्ता काम गर्नको लागि आम नेपाल पार्टी अघि सरेको दक्षिण एशियाको पहिलो अपाङ्गता मैत्री पार्टी हुने उनीहरुको विश्वास छ।

वि.सं.२०७३ फागुन १६ सोमवार १०:३७ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...