स्वर्णिम सपनाहरू संग रमाउँदै
माया नै मायाले सिन्चित गरि
महिनौ सम्म मायाको सागरमा
मलाई लुकाई राखेको
मेरो प्रथम घरलाई
विर्सेको छैन आमा !!
नव निर्मित कंक्रीटका घरलाई
प्रथम घर भन्ने
तिम्रा कपुत सन्तानहरूले
तिमीलाई विर्सिसकेछन् आमा !!
त्यसैले
तिमी आजकाल
सडकका पेटी र चोकहरूमा
एक मुठ्ठी प्राण धान्न
रूदै भिख मागिरहेकी हुन्छ्यौ आमा !!
बृद्धाश्रममा वीगतलाई संझदै
अविरल रोईरहेकी हुन्छ्यौ आमा !!
तर
महिले विर्सेको छैन आमा !!
मेरो प्रथम घरलाई
हर क्षण हर पल
नमन गरि रहेछु
आमा !! तिम्रो गर्भाशयलाई
मेरो प्रथम घरलाई
जस्ले मलाई संसार देखायो
आमाको माया ममता र मातृत्वको छहारीमा
मुस्कुराऊँदै !!
सरल जीवन बाँच्न सिकायो
(आमाहरूमा समर्पित)
वि.सं.२०७८ असोज ९ शनिवार ०७:४४ मा प्रकाशित






























