कञ्चन चुपचाप छे । चिया मागेर सन्ध्याले सोधि ‘के भयो ?’
‘टेन्सन छ यार । ग्याम खेल्न बस्यो बुबा कराउन थालिहाल्नु हुन्छ । जति बेला पनि पढ्नु अरे, खाना बनाउनु, लुगा धुनु अरे । छोरीले पराय घर रिझाउन पर्छ’ रे । घरिघरि त झुण्डिउ कि जस्तो लाग्छ यार ।’
‘धत् मर्ने सोच्ने हो । रुटिङ् बना । सबै हलहुन्छ ।’
एकक्षण पश्चात् उहीँ चिया पसलमा–
‘टेन्सन भयो ?’
‘किन ?’ अर्को
‘पार्टी रोज्न पर्याे नि ।’
#
कञ्चनको बुबा, चियाको चुस्की लिँदै ‘टेन्सन छ यार ।’
‘किन’ साथी ।
‘छोरी पप्जी । आमा चाहिँ दोहरी । खाना मैले नै बनाउनु पर्छ । राति एक बजाउँछन् । बिहान उठ्दा आठ बजाउँछन् । दिनौं ढिलो भएर हाकिमको कुरा सुन्नपर्छ । आज अन्तिम चेतावनी दियो, कार्यालय प्रमुखले ।
#
‘टेन्सन बन्यो ।’ रामेश्वर
‘हो यार । यो कोराना मुर्दावाद !’ कामेश्वर मुड्की ठटाउँछ ।
कञ्चनको बाउलाई खुशी देख्यो, चिया पसलेले । र कारण कोट्यायो ।
उसले प्रफुल्ल हुदै भन्यो ‘टेन्सन मुक्त भएँ । सोलु सरुवा भयो ।’
पसलेको दिमाग ठुग्यो ‘यो मान्छेको टेन्सन त भू पू मायालु पो थियो ?’
त्रियुगा नपा – ११, संगमटोल, उदयपुर.१ नम्बर प्रदेश
वि.सं.२०७८ असोज ९ शनिवार ०७:४७ मा प्रकाशित






























