back
CTIZAN AD

लघुकथाः टेन्सन

वि.सं.२०७८ असोज ९ शनिवार

705 

shares

कञ्चन चुपचाप छे । चिया मागेर सन्ध्याले सोधि ‘के भयो ?’

‘टेन्सन छ यार । ग्याम खेल्न बस्यो बुबा कराउन थालिहाल्नु हुन्छ । जति बेला पनि पढ्नु अरे, खाना बनाउनु, लुगा धुनु अरे । छोरीले पराय घर रिझाउन पर्छ’ रे । घरिघरि त झुण्डिउ कि जस्तो लाग्छ यार ।’

‘धत् मर्ने सोच्ने हो । रुटिङ् बना । सबै हलहुन्छ ।’

एकक्षण पश्चात् उहीँ चिया पसलमा–

‘टेन्सन भयो ?’

‘किन ?’ अर्को

‘पार्टी रोज्न पर्याे नि ।’

#

कञ्चनको बुबा, चियाको चुस्की लिँदै ‘टेन्सन छ यार ।’

‘किन’ साथी ।

‘छोरी पप्जी । आमा चाहिँ दोहरी । खाना मैले नै बनाउनु पर्छ । राति एक बजाउँछन् । बिहान उठ्दा आठ बजाउँछन् । दिनौं ढिलो भएर हाकिमको कुरा सुन्नपर्छ । आज अन्तिम चेतावनी दियो, कार्यालय प्रमुखले ।

#

‘टेन्सन बन्यो ।’ रामेश्वर

‘हो यार । यो कोराना मुर्दावाद !’ कामेश्वर मुड्की ठटाउँछ ।

कञ्चनको बाउलाई खुशी देख्यो, चिया पसलेले । र कारण कोट्यायो ।

उसले प्रफुल्ल हुदै भन्यो ‘टेन्सन मुक्त भएँ । सोलु सरुवा भयो ।’

पसलेको दिमाग ठुग्यो ‘यो मान्छेको टेन्सन त भू पू मायालु पो थियो ?’

 

त्रियुगा नपा – ११, संगमटोल, उदयपुर.१ नम्बर प्रदेश

वि.सं.२०७८ असोज ९ शनिवार ०७:४७ मा प्रकाशित

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...