back
CTIZAN AD

एमाले अध्यक्ष ओलीको प्रश्न : परमादेश दिने पाँचै जनाले राजीनामा दिए हुन्न र ?

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

597 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले मात्रै नभई प्रधानमन्त्री शेरबहादुुर देउवाको पक्षमा परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार एमालेको स्थानीय तहको अधिवेशनलाई उद्घाटन गर्दै ओलीले न्यायालयमा देखिएको विवादमा पाँचै न्यायाधीश उत्तिकै जिम्मेवार रहेको बताए ।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ, श्रीमान् न्यायाधीशहरु आफैं कसले के–के गर्नुभएको थियो, उधिन्न थाल्नुभएको छ’, ओलीले भनेका छन्, ‘परमादेश त एक जनाले होइन् पाँचै जनाले दिएको होला, पाँचै जनाले परमादेश दिनुभएको थियो भने एक जनासँग मात्रै राजीनामा किन माग्नुहुन्छ श्रीमान् ज्यूहरु ? पाँचै जनाले परमादेश दिएर देशलाई यो हालतमा पुर्याउनु भएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन् र ?’

ओलीले ‘पाँचै न्यायाधीशले परमादेशबाट सर्वोच्च अदालतको मानमर्दन गरेको होइन् र ?’ भनि प्रश्न पनि गरेका छन् ।

उनले अदालतमा देखिएको अराजकताको जिम्मा सबै न्यायाधीशहरुले लिनुपर्ने बताए । न्यायालयमाथिको विश्वास टुट्न दिन नहुने उनको भनाई छ ।

‘न्यायाधीशको रोजाई हुने, बारले इजलास गठन गर्ने, अधिवक्ताले इजलास गठन गर्ने जस्ता खालका अभ्यासहरु भए’, ओलीले भनेका छन्, ‘संविधानमा हुँदै नभएको राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर, २४ घण्टाभित्र, यति बजेभित्र यस्तो ढंगले राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईँहरु अहिले पोल खोलाखोल गर्दै हुनुहुन्छ, मलाई चिन्ता कुन पक्ष हार्यो, कुन पक्षले जित्यो भन्नेमा छैन्, लोकतन्त्रले जित्नुपर्दछ, हाम्रो न्यायप्रणाली स्वच्छ र पारदर्शी हुनुपर्दछ, हाम्रो न्यायीक निकायप्रति आशा, भरोसा र विश्वास हुनुपर्दछ, के आज विश्वासको अवस्था छ ?’

यसअघि मंगलबार मात्रै सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले न्यायालयमा देखिएको गुटगत विवादको पछि नलाग्ने बताएका थिए । उनले कुनै न्यायाधीशको पक्षमा लागेर राजीनामा नमाग्ने बताएका थिए । उनले परमादेशको परिणाम देखिएकाे बताएका थिए ।

सम्बन्धित समाचार

प्रधानन्यायाधीशमाथि उठेको प्रश्नबारे पहिलोपटक बोले ओली, भन्छन् – परमादेशको परिणाम देखियो

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १४:०५ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...