काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधवारको बजारमा भने ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आजको बजारमा तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ । आजको चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको हो ।
वि.सं.२०७८ कात्तिक १० बुधवार १२:३४ मा प्रकाशित





























