back
CTIZAN AD

सदायले पाए ६१ वर्षमा नेपाली नागरिकता

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

582 

shares

लहान । सुखीपुर नगरपालिका– ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ ।

जीवनको उत्तराद्र्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि चाउरी र ख्याउटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ ।

उनले भने, “नागरिकता पाउने आश मारिसकेको थिएँ । ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ । ”
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सदायलाई वंशज नागरिकता प्रदान गरेका थिए ।

“नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइन्”, सदायले भने, “अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ ।” बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको कथन छ ।

“नागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट वञ्चित थिएँ”, सदायले भने, “घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहुँदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन् ।” बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको नागरिकता बनाइ दिने सदायको भनाइ छ ।

गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझेका सदाय नागरिकता बनाउन थुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाए ।

“पहिला–पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइन्,”, सदायले भने, “गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहतलगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफुसँग नागरिकता नहुँदा ती सेवा–सुविधाबाट वञ्चित हुनुपरेको थियो ।” अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ ।

आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताए ।

निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारी दिए ।

“अहिलेसम्म अरुले मत खसालेको देखेको मात्रै थिएँ”, उनले भने, “अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु ।”
आगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उनको भनाइ छ ।

उनलाई अशिक्षित भएकामा त्यति पश्चाताप नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदर्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ ।

“मेरो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बनाउन सकिएन्,”, उनले भने, “विद्यालयमा भर्ना हुन जन्मदर्ता चाहिन्छ, छोराछोरीको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना हुनसकेन् र कुनै पनि छोराछोरीले पढ्न पाएनन् ।” पढन नपाएका छोराले मजदूरी गरेर परिवार पाल्दै आएको उनले बताए ।

छोराछोरीलाई पढाउन नसकिए पनि अब आफ्नो नागरिकतासँगै नातिनातिनाको पढाइको बाटो खुलेकोमा खुसी लागेको सदायको कथन छ।
गरिबी र अशिक्षाले पिल्सिएको सदायको परिवारमा नागरिकतासँगैं बेग्लै खुसी आएको सुखीपुरका स्थानीय सञ्जीव यादवले भने ।

“यो भन्दा पहिला सदायको परिवार यस्तो खुसी देखिएको थिएन्,”, उनले भने, “अहिले सदायसँगै उनको परिवारमा ठूलै उत्साह र खुसीयाली आएको हामीलाई आभाष भइरहेको छ ।” नागरिकतासँगै सदाय परिवारको अन्य बाटो समेत खुलेको यादवको कथन छ ।

नागरिकता प्रमाणपत्रका लागि सदायले संलग्न गरेको सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुने देखेपछि सदायलाई नागरिकता दिएको प्रजिअ कणेँलले बताए ।

“विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाय आएको तर नागरिकता नपाएको अवस्था थियो,” उनले भने, “कागजात देख्दा नागरिकता दिन मिल्ने देखिएपछि सदायलाई नागरिकता दिएका हौं ।”
रासस

 

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १४:०० मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...