back
CTIZAN AD

एनआरएनएमा दलाल आउनु र अफगानिस्तानमा तालिबान आउनु उस्तै–उस्तै हो

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

1.4K 

shares

गैरआवासीय नेपाली संघमा मात्र नभएर खाडी मुलुकका श्रमिकहरुको बीचमा चिर–परिचित नाम हो धरम केसी । अन्यायमा कसैसँग नझुक्ने र न्यायका लागि अविचलित रुपमा लागि रहने व्यक्तित्वको पहिचान केसीले बनाएका छन् ।

लामो समय साउदीमा रहेर समस्यामा परेका नेपालीहरुको उद्धार, सहयोगमा निरन्तर लागिरहने केसी एनआरएनएभित्रका विकृतिका विरुद्धमा पनि खरो रुपमा बोल्ने अभियन्ता हुन् । तर, पछिल्लो समय अभियानमा निष्क्रिय रहेको पाइएका उनले एनआरएनएभित्र हावी भएको दलाल प्रवृत्ति, श्रमिकहरुको उद्धार र कल्याणका नाममा भएका ढोंग र छलछाम तथा कामदारका हकहित, न्याय र सुरक्षामा अत्यधिक महत्व राख्ने कानूनी र न्यायिक पक्षमा, सुशासन र पद्धती विकासतर्फ संस्था बिमुख हुँदै गएकोमा चिन्ता व्यक्त गर्दछन् ।

एनआरएनएभित्र बिधि र बिधानकै धज्जी उडाउंँदै दल र दलालीको दलदलमा थप फसाउँदै जाने हो भने यसको पतनको सम्भावना पनि देखिइसकेको भन्दै चिन्ता व्यक्त गरेका केसीले यस्ता विकृतिलाई हटाउन सके एनआरएनए अझै पनि विश्वभरीका एनआरएनहरुको प्यारो संस्था बनिरहन सक्ने आशा व्यक्त गरेका छन् । प्रस्तुत छ उनै केसीसँग संसारन्युजका तर्फबाट चन्दा थापा ‘चन्द्रिका’ले गरेको छोटो कुराकानीको सम्पादित अंश :

पछिल्ला दिनमा एनआरएनएमा तपाईँको सक्रियता देखिन्न, किन यस्तो भयो ?

संस्थागत निष्क्रियताका मुलतः तीन कारण हुन्छन् – पदीय जिम्मेवारीमा नरहनु, आवधिक स्वभाविक विश्राम र स्वयंको बिमति र अनिक्षा । मेरो विषयमा पहिलो (पदमा नरहेको) सहि हो, दोस्रो स्वाभाविक विश्राम, यो चैं हैन, म समाज, पेशा र जीवनका हरेक पक्षमा उत्तिकै सक्रिय र उर्जाशिल ठान्छु । यसैले स्वाभाविक विश्राम लिने बेला भएको चैँ हैन तर, तेस्रो सत्य यो हो कि संस्थाको पक्षिल्लो अवस्थामा काम गर्न म स्वयंको बिमति र अनिक्षा हो ।

मलाई वर्तमान कार्यसमितिले नै शुरूवातमै एउटा महत्वपूर्ण कार्यदल (टास्कफोर्स)को संयोजन गर्न प्रस्ताव गरेको थियो, मँैले सोधे – संस्था सच्चिएर जाने कि यथास्थितमै चल्ने ? सच्चिएर जाने कुनै ठोस प्रतिबद्धता नदेखिएपछि मैँले त्यो जिम्मेवारी लिन असहमत र अनिच्छुक रहेको हुँ ।

तद्परान्त एक तरहले प्रतिपक्षको जस्तो भूमिकामा रहेको छु । निष्क्रिय चाहिँ भन्न मिल्दैन । संस्थाले गल्ती गर्दा, बाटो बिराउँदा कसैले खबरदारी गरिदिनुपर्छ । हिजो अस्ति संस्थाभित्रै रहँदा पनि मेरो भूमिका यस्तै नै थियो तर, अनुशासन र आचार संहितामा बाँधिदा बढीमा फरक मतसम्म लेख्न मिल्थ्यो, अहिले आजाद बनेर राष्ट्रिय, अन्तराष्ट्रिय अदालतसम्म जानसक्ने हैसियतमा छु ।

एनआरएनएमा मेरो १४ वर्षको संघर्ष र अमेरिकाको अफगानिस्तानको २० वर्षको युद्ध उस्तै–उस्तै रहे । २० वर्षपछि बाइडेनले भने, ‘जसका लागि हामी अफगानिस्तान गयौं, उनीहरू नै कमजोर बनेर साथ नदिएपछि हामीले मात्रै युद्ध लडिरहनुको न अर्थ छ, न औचित्य’ । परिणामतः अफगानिस्तानमा तालिबान सत्तामा आए, एनआरएनएमा दल र दलाल सत्तामा आए, मेरो नजरमा दुबै उस्तै–उस्तै हुन् ।

अभियानमा दरिलो खम्बाका रुपमा तपाईँको भूमिका सकिएको हो र ?

तपाईँले भनेजस्तै एनआरएनए एउटा संस्था, संगठन मात्रै नभएर एउटा महान ‘अभियान’ पनि हो । वैदेशिक रोजगारकर्मी नेपालीहरू यो अभियानका अभिन्न हिस्सा मात्रै हैनन्, सेवा, सहभागिता र कल्याण गरिने लक्षित वर्ग नै हुन् र संस्था साँच्चै कामदारमैत्री बनेर इमान्दारिताका साथ यो वर्गको हक–हितका लागि लाग्दछ भन्ने आशा, विश्वास र मान्यतामा म सरिक भएको हुँ । तर, संस्था त्यो नीति र लक्ष्यमा इमान्दार बनेन । उद्धार र कल्याणका नाममा नाटक, ढोंग र छलछाम नै बढी भए । कामदारका हकहित, न्याय र सुरक्षामा अत्यधिक महत्व राख्ने कानूनी र न्यायिक पक्षमा, सुशासन र पद्धती विकासतर्फ बिमुख हुँदैगयो । लामो अन्तर संघर्ष त्यही रस्साकस्सीमा भयो ।

संस्थामा विभिन्न स्वार्थ राखी राजनीति, राजनीतिकर्मी र विभिन्न दलाल, तस्करहरू नै समाजसेवीको आवरणमा भित्रिएपछि, पदासिन नै हुनथालेपछि त्यो अभियान नै कुबाटो तर्फ गएपछि संस्था विकृत बन्दै गएको हो । तथापी संस्थामा श्रमिक वर्ग ठूलो हिस्सामा छौं र ढिलो चाँडो संस्थागत सुधार गर्दै श्रमिक वर्गको पहुँच बढाएर संस्था सुधार्न सकिन्छ भन्ने विश्वास र कोशिस कैयन वर्षसम्म गरेकै हुँ, पटक–पटक चुनावमै समेत प्रतिस्पर्धा गरेकै हुँ तर, जसका लागि भनेर संस्थामा लागियो, संस्थामा त्यो बर्गको पहुँच र उपस्थिति नै न्यून हुनगएपछि, जो जति पुग्नुभयो, उहाँहरू पनि हरेस खाएर सुधार्न नसकिने निस्कर्षमा पुगेपछि मैँले मात्रै गरेर केही भैहाल्ने अवस्था नै रहेन ।

संस्थामा विभिन्न स्वार्थ राखी राजनीति, राजनीतिकर्मी र विभिन्न दलाल, तस्करहरू नै समाजसेवीको आवरणमा भित्रिएपछि, पदासिन नै हुनथालेपछि त्यो अभियान नै कुबाटो तर्फ गएपछि संस्था विकृत बन्दै गएको हो । तथापी संस्थामा श्रमिक वर्ग ठूलो हिस्सामा छौं र ढिलो चाँडो संस्थागत सुधार गर्दै श्रमिक वर्गको पहुँच बढाएर संस्था सुधार्न सकिन्छ भन्ने विश्वास र कोशिस कैयन वर्षसम्म गरेकै हुँ ।

एनआरएनएमा मेरो १४ वर्षको संघर्ष र अमेरिकाको अफगानिस्तानको २० वर्षको युद्ध उस्तै–उस्तै रहे । २० वर्षपछि बाइडेनले भने, ‘जसका लागि हामी अफगानिस्तान गयौं, उनीहरू नै कमजोर बनेर साथ नदिएपछि हामीले मात्रै युद्ध लडिरहनुको न अर्थ छ, न औचित्य’ । परिणामतः अफगानिस्तानमा तालिबान सत्तामा आए, एनआरएनएमा दल र दलाल सत्तामा आए, मेरो नजरमा दुबै उस्तै–उस्तै हुन् ।

एनआरएनए अभियानको सार्थकताका लागि भावि कार्ययोजना कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?

एनआरएनएमा नेपालको दलीय राजनीति नअंगालेका, कुनै पनि व्यापारिक, व्यवसायीक स्वार्थ नबोकेका, दलाली, तस्करी, कमिशनखोरीमा लिप्त नभएका, विशुद्ध आफ्नो ज्ञान र सीप बेचिरहेका सम्माननीय प्रोफेशनलहरूको ठूलै दस्ता छ । मलाई लाग्छ, संस्था सुधार्ने बाटोमा जाने हो भने एकपटक ती व्यक्तित्वहरूलाई उच्चाधिकारसहित संस्थालाई रिफम्र्याट (आमूल परिवर्तन) गर्ने जिम्मा दिइनुपर्दछ । डा. सूर्य सुवेदी, कुलचन्द्र गौतम, भिम उदास, डा. प्रमोद ढकाल, डा. द्रोण रसाइली, डा. नरेश कोइराला, डा. बिष्णुमाया परियार, लक्ष गुरूङदेखि लिएर डा. देबी बस्नेत, खगेन्द्र ढकाल, दीपा राई, कल्पना राईसम्मको युवा पुस्ता जो आँखामा राखे पनि नबिझाउने व्यक्तित्वहरू अरू पनि धेरै हुनुहुन्छ, ‘संस्था बचाउदिनुहोस’ भनेर उहाँहरूलाई पुकार्नुपर्छ ।

आफ्नै विधि विधानको परिपालनामा शून्य सहनशिलता राखेर कडाइका साथ संस्था स्थापनाका मौलिक उद्देश्य र आदर्शमा फर्किने हो भने एनआरएनए सुन्दर, विशाल र प्रभावकारी संस्थाका रूपमा पुनस्थार्पित हुने कुरामा कुनै अन्योल छैन । तर विधि र विधानकै धज्जी उडाउँदै दल र दलालीको दलदलमा थप फसाउँदै जाने हो भने यसको पतनको सम्भावना पनि देखिइसकेको छ ।

डा. शेष घलेले ल्याउनुभएको भिजन २०२० मा टेकेर इमान्दारिता र कठोरतापुर्वक अघि बढ्ने हो भने संस्था सुधारको अद्याय सुरु हुनेछ । संस्थाले गरेको बेइमानी, छलछाम र गुमाएको आशा र विश्वास श्रमिक वर्गको मात्र हो । नागरिकताको निरन्तरता चाहनेहरूको मागलाई मूर्त रूप दिलाउन नसकेको मात्र हो, नत्र व्यापारिक, व्यवसायिक र लगानीका क्षेत्रमा संस्थाप्रतिको आकर्षण र विश्वास यथार्थमा चुलिएको छ ।

एनआरएनएले पहिलोपटक जारी गरेको आइपिओमा देखिएको थाम्नै नसकिने अपार सहभागिताले त्यो इंगित गरिसकेको छ । आफ्नै विधि विधानको परिपालनामा शून्य सहनशिलता राखेर कडाइका साथ संस्था स्थापनाका मौलिक उद्देश्य र आदर्शमा फर्किने हो भने एनआरएनए सुन्दर, विशाल र प्रभावकारी संस्थाका रूपमा पुनस्थार्पित हुने कुरामा कुनै अन्योल छैन । तर विधि र विधानकै धज्जी उडाउँदै दल र दलालीको दलदलमा थप फसाउँदै जाने हो भने यसको पतनको सम्भावना पनि देखिइसकेको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:३९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...