back
CTIZAN AD

याचना

वि.सं.२०७८ कात्तिक १३ शनिवार

786 

shares

नित्य कर्मपश्चात पूजाआजा सकेर सानवाउलाई चियापानी दिएपछि मात्र आफूले चिया पिउँदै भान्साको तयारी गर्ने गरेको काकाको दैनिकी त्यसदिन बिहान एकाएक बिथोलियो । सानवाउलाई उठाउन काकाले दुईपटक कल गरें । उनलाई उठाउने मनशायले भाँडा कुँडामा अलि बढी नै आवाज निकाले भने, बलजफ्ती खोकेर पनि काकाले सानवाउलाई ब्यूँझाउने प्रयास गरिरहेका थिए ।

प्रायःचारैबजे उठेर व्यायाम गर्ने,ध्यान बस्ने र धार्मिक प्रवचन सुन्ने । साढे पाँच बजे समाचार सुन्दै बगैंचातिर निस्कने सानवाउ,त्यसदिन अबेलासम्म सुतिरहेका थिए ।

उनी आठ बजेतिर अल्छी पनाले लतारिदै हाइ काड्दै उठे । न्वाइ ध्वाई गरेर हातमा पत्रिका बोकेर छतमा उक्लिए । अजकल्टो निद्रामा लठ्ठिएका उनलाई एक नजर हेर्दैमा काकाले पत्ता पाइसकेका थिए । त्यस रातपनि उनी राम्रोसँग सुतेका थिएनन् ।

माघ महिनाको अन्तिम साता बिहानको पहारिलो घाम उनलाई खुब न्यानो लागेको थियो । बिहानको सवा नौ भइसक्दापनि उनी तल झरेनन् । त्यसदिन उनको मन अफिस जान ईच्छुक देखिदैनथ्यो र ,पनि काकाले यो पटकसंग तेस्रोपटक सम्झाइ सकेका थिए ।

‘अफिस जान ढिला होला कि, सानवाउ ?’

उनी अफिस जान आलटाल गर्दा काका निकै डराउँथे । यस्तै आलटाल गर्दाको कैयौं बिगतमा काका साँक्षी थिए । त्यसैले त्यसदिन फेरि अर्को नयाँ हर्कतको साँक्षी हुनुपर्ने पिरमा काका डराइरहेका थिए । जब खानाखाने मामिलामा उनलाई सम्झाइरहन पथ्र्याे तब दिनको संकेत राम्रो हुने भएन भनेर काकाको मुटुले ढ्याङ्रो ठोक्थ्यो ।

बिहानको पौने दस भइसकेको थियो । काकाले डराएको मानसिकतामा फेरि सोधे –

‘हजुर ! खाना लगाउँ ?’

काकाको बोलिमा असहमति जनाउँदै उनले भने–

‘काका ! आज मेरो अफिस जाने मुड छैन पटकपटक नभन्नू !’

रातो-रातो मुहार पारेर यसो भनिरहदा उनका आँखाका गेडा फनफनी नाचेका थिए । त्यही पनि कठोर मनमा स्नेहको फाहा लगाउदै काकाले सुस्तरी भने –

‘किन हजुर !’

‘हजुरलाई बिसन्चो पो भयो कि !’

‘दश बजिसक्यो केही त खान पर्यो नि, हजुर !’

सानवाउले आँखाका नानी तलमाथि पार्दै हल्लाएर रिमोट कन्टोल गरेझैं काकालाई चुप पारे । हैकमले बाधिएको काकाको स्नेहको डोरी फेरि खुकुलो भएर फुक्यो–

‘खाना खान मन नभए केही हल्का खाजाको सर्जाम् तयार गरुँ कि ,बाबू हजुर !’

सानवाउको तापक्रम मत्थर भएकै थिएन,उनले नजरले डसेर गर्जदै भने –

‘काका तपाईं खाना खानू र रेष्ट गर्नू !’

उनले यति भन्दै काकाको अनुहारमा नजर बेस्सरी रेटे, हृदयमा चिरा चिरा पारे । जुन दुःखाइबाट काका भल्भली बगे ।

त्यसदिन सानवाउलाई एकान्तमा बस्न मन लागेको थियो ,त्यसैले काका बोलिरहदा उनलाई झर्को लाग्थ्यो र भित्रभित्रै मुर्मुरिएर भन्थे –

‘अफिस जान मन नहुँदा पनि कर गर्ने !’

‘खान मन नहुँदा पनि खानै पर्ने!’

‘कहिलेकाही आफूखुसी गरुँ भन्यो उन्कै नियम !’

प्वाक्क भनिदिउँ झै सानवाउलाई झोक चलेको थियो –
‘काका म दिनभर पिउँछु !’

काकाको बानी सम्झेर सानवाउ एकैछिन रन्थनिएर महुरीझैं भुनभुन गरे ।
जब पिउने मुड चल्छ बिथोल्न आइहाल्ने–

‘खाली पेट छ हजुर !’

‘खाजा केही लिएको भए !’

‘के ल्याउँ सानवाउ !’

यसरी अघि पछि गरेर डिस्टर्भ गर्दा उनलाई भाउन्न भएर आउथ्यो । काकालाई मुखामुख त केही भन्दैनथे । माया र सम्मानको कुरामा उनी बाउकै दर्जामा काकालाई राख्थे तर पिउने मामिलामा डिस्टर्भ गर्दा उनको मनले चाहिँ भनी हाल्थ्यो –

‘खुव बफादार बन्दै छ पाजी !’‘स्वास्नीकै भूमिका निर्वाह गर्न खोज्छ, ठुँटो बूढो कहाँको !’

कुनैपनि रातको अपुरो निद्राको डाहा सानवाउले यसैगरी काकासंग ईखिएर पोखेका हुन्थे । जति बेहोस हुनेगरी पिएपनि काकाको सामुन्नेमा हुँदा विचार पुर्याएर बोल्थे ,केही भन्दैनथे । सानवाउ उनको पाको उमेरको कदर सधैं गर्थे ।

उता काकाचाहिं सानवाउकै मायाले पागल थिए । हतपत उनलाई मन पर्ने खाजा तयारगरी माथि उक्लिए र खाजा खान बोलाए

‘सानवाउ ! सानवाउ !!’

‘हजुर !’

ए हजुर !’

काका बाह्र पन्द्र मिनेटमा माथि पुग्दा त,उनी उल्टोतिरबाट पत्रिका हेरेर टोलाइरहेका थिए ।
त्यो दृष्य देखेर काकाको मुटुले ठाउँ छोड्यो र मनमनै भने।

‘हरे ! कति छिट्टै पिइसकेको सानवाउले !’

‘खाजा खाएर पिएको भएपनि हुने नि ! खाली पेटमा पिएछन् “!

हातमा खाजाको प्लेट समाएका काका हेरेको हेर्यै भए। खाजा बोकेर काका भित्रैदेखि दुख्दै उनी नजिकै उभिँइरहे ।

काकाको आँखामा यसै हप्ताको घटना ताजा भएर दोहोरिन थाल्यो । उनको मन बोल्यो-

‘आजपनि सानवाउ अब बालसखी भन्दै भन्दै रुने कराउने त होलान् नि ! हे भगवान !’

मन बोल्दाबोल्दै विगतको हर्कत सम्झेर काकाका आँखा एकोहोरिए । ओठबाट सुस्केरासंगै आवाज फुस्कियो –
‘मैले यस्तो के विजोग देख्न पर्यो हे प्रभू !’

काकाले हातको प्लेट थपक्क भूँइमा राखेर आफूपनि सानवाउको पछाडि पट्टी गएर बसे ।

सानवाउका आँखा पत्रिकामै लोलाएका थिए । घरिघरि खित्त हाँस्थे ,घरि गुनगुन गर्थे ।

जब सानवाउलाई रक्सी लाग्थ्यो कुनै न कुनै स्त्री जातिको नाम पुकारेर रुन्थे । काकाका मनमा विगतमा सानवाउले भनेका कुरा सल्बलाउन थाले । पछिल्लो केही समयदेखि मेरो बालसखि आउँछे भनेर खुसी हुन थालेका थिए । उनले रक्सी नखाएको बखतपनि काकासंग पटकपटक भनेका थिए ।

निकै बेरपछि दायाँबायाँ हेर्दै सानवाउले चर्को स्वरमा बोले –

‘काका !’

आफ्नै नजिकै काकालाई देखेपछि सानवाउ केही झस्किदै बोले
‘याँ बस्नु काका याँ !’

आज मैले के सपना देखें तपाईंलाई सुनाउँछु ।

यसो भन्दै पत्रिकामा आफ्नो सामग्री बेरेर हातमा लिएर फटाफट तल झरे । सोफामा लच्किएर बसेर उनले भने–
‘काका सुन्नुस् ! सुन्नुस् काका !’

उनले काकालाई त्यसो भन्दै बोत्तलको बाँकी गिलासमा खन्याएर एक स्वासमा स्वाट्ट पारेपछि, खितखित हाँसेर बोले –
‘थाह छ काका ! यसरी स्वाट्ट पार्नेलाई ध्याम्पे हान्ने भन्छन् !’

यति भनिसकेर ओठ उचाले, नाकसम्म टाँसे र, मुख बिगारेर भित्री सास फाले अनि चराले पखेटा फट्कारेझैं टाउको हल्लाए । उनको त्यो गति देख्दा काकाले बुढेसकालको धड्कन थामेरै भने–

‘सान वाउ !’

‘यी खानेकुरा पनि खानु न !’

उनले लोलाएका आँखाले काकालाई निकै बेर घुरेर हेरे । हातले ईसारा गरेर नजिकै बस्न भने । काकाले घाइते मुटु चस्काउँदै उनलाई नजिकै बाट हेरिरहेका थिए । उनको मुन्टो अडिन नसकेर झुल्यो । नशाको सुरमा घरिघरि उनी खुत्त–खुत्त हाँस्थे ,घरि आँखा बन्द गरि ओठ चलाएर केही भनिरहेका जस्ता देखिन्थे । उनको यो अवस्था देख्नु पर्दा काकालाई धेरै नरमाइलो लाग्थ्यो ।

जब सानवाउलाई रक्सी लाग्थ्यो कुनै न कुनै स्त्री जातिको नाम पुकारेर रुन्थे । काकाका मनमा विगतमा सानवाउले भनेका कुरा सल्बलाउन थाले । पछिल्लो केही समयदेखि मेरो बालसखि आउँछे भनेर खुसी हुन थालेका थिए । उनले रक्सी नखाएको बखतपनि काकासंग पटकपटक भनेका थिए ।

‘काका उस्लाई मैले बोलाएको छु,ऊ आउँछे !’

यतिखेर उनको स्त्री प्रतिको चाहानाको दौड बालसखिमा मात्र केन्द्रीत थियो ।
‘त्यो को होली त ? लामो समयदेखि सम्झना बनेर वाउसावको दिलमा स्थान लिएकी छ !’

जबजब सानवाउले बेहोस हुनेगरि पिउँथे । काका भुसको रासमा आगो सल्किएझैँ भित्रभित्रै भतभत सल्कन्थे, पुत्ताउथे । जतिजति सानवाउलाई नसा बढ्दै जान्थ्यो उतिउति काकाको हृदयमा ताप बढ्न थाल्थ्यो । यो माघ महिनाको चिसोमा पनि पसिनाले निथ्रुक्क भिजेका थिए ।

काकाले विगतकादिन कल्पना गर्न थाले-
कस्तो राम्रो शिक्षित, सभ्य र सम्पन्न परिवार थियो । कति सुख र हाइहाइमा सानवाउ हुर्केका थिए । पढाइदेखि हरेक कुरामा उनी चतुर थिए ।

घरको चार दिवारतिर नजर पुर्याएर काकाको मुखबाट एकाएक कारुणीक स्वरमा आवाज निस्कियो–
‘कस्तो स्वर्ग जस्तो थियोे यो घर ! आज भूत बंगला बनेको छ ।’

यो सुविधा सम्पन्न बंगलाभित्र पछिल्लो समयमा काकाले धेरै हण्डर भोग्न परेको थियो । चिरपरिचितले समेत काकालाई कतै वृद्धआश्रम तिर गएर शान्तसंग बस्ने सल्लाह दिइरहन्थे । आश्रम तिरको सोचाई आउँदा काकाको हृदयभित्रबाट हुँडलिएर आँखाभरी सानवाउको वाल्यकालका छाया पालैपालो आउँथ्यो । आफूलाई सन्तानको रहर लाग्ने बेलामा सानवाउबाटनै काकाले बालतृष्णा मेटेका थिए ।

सुनसान घर र भूँइमा अचेत भइ लडेका सानवाउलाई एक नजर हेरिसकेपछि काकाका दुबै आँखा डम्म भरिए । त्यो सुख र खुसीमा हुर्किएका सानवाउको अहिलेको अवस्था देखेर काकाको मुटु छिनछिनमा भासिन्थ्यो । सानवाउको घरजमको संयोग नजुरेको सम्झना आउँदा, रोक्दारोक्दैपनि काकाको बोली फुस्कियो-

‘साइत र भाग्य सधैं टिकाउ नहुदो रहेछ ! मान्छेले जन्मसंगै पुर्ण भाग्य लेखेरै ल्याउनु पर्ने रहेछ क्यारे !’

ठूलो श्वास फालेर काका कल्पनामा यसरी डुबे –
सानवाउ पढाइमा बेफुर्सदी भएका बखत फ्वाट्ट सि ए साव्,को निधन भयो । बाउको आलो पीडा बोकेर सानबाउ बिदेशतिर पढ्न गए ।

पाँच वर्षमा पढाइ सकेर फर्केको बखत साहेब्नीको पनि मृत्यु भयो । कठै ! आमाको स्वर्गे पछि हो, सानवाउलाई पिउने आदत ला,को ! यस्तो समस्या आइलाग्यो कि उनलाई सम्झाउने बुझाउने कस्ले ? सि ए साव्, को ईष्टमित्रको जोड बलमा सानवाउले धन्न जागिर सम्म खाए तर बेलामा अफिस नजाने जात्राले गर्नु गथ्यो । सीता रोइकराइ गरेर बल्लतल्ल बेलामा अफिस जाने बानी के बसाल्न आँटेकी थिई, विधाताले सीतालाई पनि यो घरबाट चुडेर लग्यो । जुन समयमा मैलेपनि सानवाउको त्यत्ति विचार पुर्याउन सकिनंँ । त्यसै समयदेखि सानवाउ अलिक धेरै पिउने हुन थाले ।

जीवनका पछिल्ला केही वर्षयता काकाको त्यो नित्य कर्म थियो भने मनोकांक्षित फलको आसपनि उत्तिकै थियो । ईश्वरका मुर्ति सामु दिप बालेर सानवाउको सुन्दर परिवारको कल्पना गर्दथे । काका भगवानसंग सानवाउको फेरि सुन्दर परिवार बनोस् भनी, मनमनै याचना, गरिरहन्थे ।

यदि सीता अहिले तक बाँचेकी हुँदिहो त, रोइकराई, हार–गुहार गरेर सानवाउको घरजम गराइदिन्थी । मलाई टेरपुच्छर लगाउदैनन् तर सीतासंग उनी केही हच्किन्थे । भनेको मानेनन् भने गज्जब घुर्क्याउथी, भन्थी –
‘ल,बाबू हामीलाई पाप नलागोस् !’

अब बाँकी समय हामी बुढाबुढी मन्दिर, वृद्ध आश्रमतिर गएर काल पर्खिन्छौ ।’

‘हजुर रातोदिन पिएरै बस्नु !

‘यी लौनु, घरको साँचो अनि बाँकी रकम र साहुनीका गरगहना बुझ्नु ।’

गहना पात टेबलमा राखिदिएर लुगा कुम्लो पारेर बोकिहाल्थी । सीताको त्यो घुर्क्याईले कहिले त लामैसमय काम गथ्र्याे । बढी पिउन थाल्यो कि सीताले एक न एक जुक्ति निकाल्थी, अनि खुरुखुरु अफिस जाने आउने, बेलामा खाना खाने गर्थे । नपिएको बखत धेरै पटक सानवाउले काकासंग भन्ने पनि गर्थे-

‘काकी एकछिन नहुँदा यो घर त भूत बंगालाझैं लाग्छ काका !’

सानवाउले यसो भनेको सम्झदा काकालाई निकै दुःख लाग्थ्यो । त्यसैमाथि उनले बेहोस हुनेगरी पिएको देख्दा काकालाई दिउँसै अन्धकार हुन्थ्यो । पिएको नशामा जति सानवाउ रुन्थे, काकाको आँखापनि उति सल्सली बगिरहन्थे अनि थर्थराउने बोली यसरी निस्किन्थ्यो-

‘कठै ! मनभित्र बन्द हुन बाध्य सानवाउका अनेकौं रहर !’

‘हरे ! सधैं सधैको काल्पनिक मित्रता र सपनाको त्यो संसार !’

यी शब्दसंगै आँखीभौं र निधारपनि खुम्चिदा

काकाको छातिभित्रबाट एक मुश्लो श्वास बटारिएझैं भयो । त्यो पिडाको मुश्लो लामो सुस्केरा बनेर बिसायो । कोठाको चार दिवार अनि अर्धचेत सानवाउ हेरेर फेरि उनी बोले-

‘सानवाउकै मायाले मैले बुढेसकालमा यो हत्ते देख्न परेको !’

ढुकढुकी छिचलेर फेरि काकाको ओठबाट एक लर्को सुस्केरा उड्यो ।

यो सुविधा सम्पन्न बंगलाभित्र पछिल्लो समयमा काकाले धेरै हण्डर भोग्न परेको थियो । चिरपरिचितले समेत काकालाई कतै वृद्धआश्रम तिर गएर शान्तसंग बस्ने सल्लाह दिइरहन्थे । आश्रम तिरको सोचाई आउँदा काकाको हृदयभित्रबाट हुँडलिएर आँखाभरी सानवाउको वाल्यकालका छाया पालैपालो आउँथ्यो । आफूलाई सन्तानको रहर लाग्ने बेलामा सानवाउबाटनै काकाले बालतृष्णा मेटेका थिए ।

सानवाउ पनि अचम्मैगरि काकालाई पछ्याउँथे । आची ,सु– सु समेत काकाले फेराइदिन पथ्र्यो । काकालाई देखेपछि काकाले नै नखुवाएसम्म पानी पनि पिउँदैनथ सानवाउ । काका नभएको बखत काका आएर खाने भनेर कति कुरा हातमा बोकिबसेका हुन्थे । काका नभएको बखत बाथरुम बस्न पर्यो भने रोइकराई गर्थे ।

बल्लतल्ल बाथरुम पसेपनि पटक्कै बाहिर निक्लदैनथे । जसले जति फकाएपनि काका नै चाहिन्थ्यो । काका टाढा कतै भए फोन गरेर माफ माग्न पथ्र्याे ।

‘सरि सानवाउ म गाडि बिग्रेकाले आउन सकिनँ, अब मेरो बाबुलाई छोडेर धरोधर्म कहिं जान्न !’
‘प्लिज बेटा !’

यसरी स्नेहले बाचा बाधिबाधी हुर्काएको बालक एक्लो र बिरक्त बनेको देखेर काकाका आँखाभरी विगत यसरी दोहोरीयो-

सानवाउका बुवा अर्थात् सि.ए साव् ले काका सोह्र वर्ष पुग्दा नपुग्दै काठमाडौं ल्याए ।

एक दुई वर्षपछि आफ्नै अफिसमा जागिर लगाइदिए । साहेब्नीले माईति गाउँको केटीसंग बिहेपनि गराइदिनुभयो ।

सानैमा आमाबा गुमाइसकेका काकालाई सि .ए साव् को घरमा असल गार्जिएन र जीवनसंङ्गिनी समेत मिलेको थियो ।

सुखसंग दिन बिते पनि काका दम्पतीलाई कुनै सन्तान भएनन् । ती दम्पतीले बालक्रिडाको आनन्द नै सानवाउबाट मेटिरहेका थिए । आजसम्मपनि टुकुर–टुकुर हिँड्ने सानवाउ, उनको तोतेबोली र बालहटका कृयाकलाप काकाको स्मृतिको कन्तुरभित्रै अमूल्य खजना बनेर लुकिरहेका थिए ।

सि. ए सावका पनि सानवाउ बाहेक अरु सन्तान नै भएनन् । दुवै दम्पतीका एउटै दिप जसले दुबै परिवारको खुसीको संसार तेजस्वी बनाएका थिए । आज नियतिले समेत काकालाई सानवाउको एकलौटी जिम्मा लगाइदियो । त्यो स्वर्ग जस्तो घर । देवता जस्ता साहेब साहेब्नी । प्रसादझैं प्राप्त भएका हृदय रसाउने यादहरुको शिलसिला, काकालाई अहिलेको शून्य समयमा बाँच्ने सहारा बनेको थियोे । परिवारको सम्झना र श्रद्धामा काकाले प्रत्येक दिन साहेब्नीले पुज्ने गरेको घरमा स्थापित भगवान पुज्दथे र प्राथाना गरेर भन्थे-

‘हे प्रभू ! सानवाउको छिट्टै घरजम होस् !’

जीवनका पछिल्ला केही वर्षयता काकाको त्यो नित्य कर्म थियो भने मनोकांक्षित फलको आसपनि उत्तिकै थियो । ईश्वरका मुर्ति सामु दिप बालेर सानवाउको सुन्दर परिवारको कल्पना गर्दथे । काका भगवानसंग सानवाउको फेरि सुन्दर परिवार बनोस् भनी, मनमनै याचना, गरिरहन्थे ।

काका कल्पनामै डुबिरहेका थिए ,त्यसै बखत सानवाउको कोलाहल पूर्ण चिच्चाहटले उनी तर्सिए ।

‘काका !’

‘ए काका !’

‘काका !’

कोकोहोलो मच्चाउदै उठ्न थालेका सानवाउलाई आफ्नो वृद्ध शरिरको साहारा दिँदै लर्खराउँदै भुँइबाट सोफामा ढल्काइदिए । मुढी स्वभावका उनी उठेर फेरि भुँइमै बसे ।

भुँइमा दुई खुट्टा फट्टाएर ज्यान भित्तामा अड्याएका सानवाउले मुन्टो झुण्याएर हल्लाउँदै बोले –
‘काका सबै झ्याल ढोका बन्द गर्नु !’

उनले यसो भन्न बडो बलपूर्वक आवाज निकाल्ने कोसिस गरेका देखिन्थे । दायाँबायाँ हेरेर फेरि उनी बोले–
‘काका ! बाहिर गेटमा ताला लगाउनू !’

यति कष्टपूर्वक उनी बोलेका थिए कि,बोली निक्लदा उनले आँखीभौं तन्काउँथे ।

आँखाको नानी दाँयाबाँया नचाउँथे । सानवाउलाई हेर्दा लाग्थ्यो ,उनी यतिखेर निकै होसियार बनिरहेका थिए । सानवाउको त्यो चालदेखेर काकाको मनमा तर्क चल्न थाल्यो-

‘कठै ! बेहोस अबस्थामा समेत ईज्जतको ख्याल छ उनलाई !’

‘पिउँनु पिउँछन् ।’

‘रुन्छन् ।’

‘कराउँछन्, तर बाहिर अरुकसैले चाल नपाओस् भन्ठान्छन् उनले !’

सम्भ्रान्त परिवारको प्रतिष्ठित रवाफवाला, पदवाला ब्यक्ति हुँदाहुँदै पनि मान्छे किन यति बेखुसी र बेचैन जीवन बाँचीरहेको हुन्छ ?’ ‘नाम ख्याति प्रशस्त हुँदाहुँदै पनि मान्छे किन रित्तो छ ?’
‘किन मान्छेले आफ्नो नजरमा आफूलाई नितान्त खाली देख्छ ?’ किन मान्छेले आफ्नो खुसी अरुबाट प्राप्त गर्न चाहान्छ ?’
‘असंभावीत कल्पनामा मात्र मान्छेले आफुलाई किन भुलाउँछ ?’

पिउँने आदत भएतापनि आमाबाको पालाको ईज्जत् कायम राख्ने उनको चाहाना थियो । उनी आफूपनि ठूलो ओहोदाको ,ठूलो हैसियतको मान्छे थिए । सानवाउको बारेमा सोच्दा सोच्दै काकाको मनले घरिघरि यसरी धिक्काथ्र्याे–
‘पद, पहुँच भएर मात्रपनि मान्छे खुसी रहन नसक्दो रहेछ !’

सानवाउसंग के थिएन-

‘विद्वतता ।’

‘प्रशस्तता ।’

उच्च पहुँचका सबै आभुषणले सुशोभित थिए । वास्तवमा सुख र खुसी फरक कुरा रहेछन् । भौतिक सुखले मानिस खुसी हुन पटक्कै नसक्ने रहेछ । नशाले भरिएको सानवाउको अनुहार एकपटक हेरे,अनि सुनसान घरमा एक नजर डुलाएर काकाले सुस्केरा छोड्दै भने-

‘यदि यो घरमा एउटी नारी जातिपनि हुँदिहुन् त यो घर कस्तो हुँदोहो !’

छिप्पिदै गएको सानवाउको उमेर मनमनै अन्दाज गरेर काकाले मन खिन्न पारे । नशाले भरिएको शरिर हलचल गराएर केही समय अघिदेखि सानवाउले कुनैकुरा खोजिरहेका थिए जुन कुरा काकालाई भनेका थिएनन् । फेरि ढल्पलाउँदै उठेर दायाँबायाँ खोजिरहे । सोफाको चेपमा रहेको मोबाइल हातमा समातेर हौसिदै काकालाई देखाउदै भने–
‘काका ! काका!’

‘काका ! यो मेरो त्यही बालसखि हो । ऊ र म स्कुल अवधिभरि संगै पढेका ।’

यति भनेपछि उनी केही समय सिकिस्त बिरामीझैं नचल्मलाएर पल्टिए । आँखा बन्द अवस्थामै उनी खित्त हाँसे र भने –
‘म बैंकक जाँदा प्लेनमा भेट भयो !’

उनी बोल्दै गर्दा भुँइबाट उठे । उनले आफ्नो मुन्टो झुल्ली खेलाएकै थिए । लतारिन थालेको मुन्टो अड्याउन प्रयास गरिरहेका देखिन्थे ,फेरि

बोल्दै पनि थिए-

‘मोरी नामि ब्यापारी बनिसकिछ !’

‘उद्योगपति भइसकिछ!’

‘काका आउनु त यस्को फोटो हेर्न !’

सानवाउ आफ्नै सुरले बर्बराउँदा घरिघरि हाँस्थे घरि ओठ बङ्ग्याएर नाकका टोटा फुलाएर उसको फोटोलाई ब्यङ्गय गर्थे । मोवाइल आँखा नजिकै ल्याएरआँखाका नानी बाहिर निक्लिएलान् झैँ गरेर हेर्थे र उनले भन्थे –

‘काका ! यस्लाई मैले हाम्रो घरमा बोलाएको छु!’

काकातिर हेरेर थुतुनु उज्यालो पारेर भने–

‘आउँछु भन्थी !’

‘यो आउँछे काका ! आउँछे !’

उनी कल्पनामा नै बिस्वस्त थिए । तस्विरलाई हत्केलाले सुम्सुम्याउँदै आँखीभौं तन्काएर नजर स्पष्ट पारिपारी हेरिरहेका थिए ।

सानवाउले यस्तो भन्दै र मोबाइलको तस्वीर सुम्सुम्याउँदै गर्दा काकाको मुटु चस्कन्थ्यो । चिरिन्थ्यो र भतभत पोल्थ्यो । सानवाउ यसरी सपनाको संसारमा भुलीरहेको हेर्नु काकाको विवशता थियो ।

उनको बेहोसी पन हेर्दै गर्दा काकाले मनमा अनेक सोच्न थाले ‘सम्भ्रान्त परिवारको प्रतिष्ठित रवाफवाला, पदवाला ब्यक्ति हुँदाहुँदै पनि मान्छे किन यति बेखुसी र बेचैन जीवन बाँचीरहेको हुन्छ ?’

‘नाम ख्याति प्रशस्त हुँदाहुँदै पनि मान्छे किन रित्तो छ ?’

‘किन मान्छेले आफ्नो नजरमा आफूलाई नितान्त खाली देख्छ ?’ किन मान्छेले आफ्नो खुसी अरुबाट प्राप्त गर्न चाहान्छ ?’

‘असंभावीत कल्पनामा मात्र मान्छेले आफुलाई किन भुलाउँछ ?’

रक्सीको नशाले भरपुर लट्ठीएका सानवाउलाई हेर्दै काकाले आफ्नै मनसंग सोधेर यसरी वास्तविक निष्कर्ष निकाले –
‘संसारको सबै सन्तुष्टिभन्दा सर्वोत्कृष्ट सन्तुष्टि नारी ाति नै हो ।’

‘ऊ बिनाको सबै संसारिक सुखभोग अपूर्ण रहन्छ ।’

‘पुरुष विना नारी यतिविधि दर्दमा हुँदैनन् ।’

सानवाउ हेर्दा लाग्छ – ‘नारी आफैमा सम्पूर्ण हो’

‘प्रत्येक महल या झुपडीको खुसी, नारीजाती भएमात्र दिगो रहन सक्छ ।’

जुनघरमा नारी जाति सम्मान र श्रद्धापूर्वक रहेकी हुन्छिन्, त्यस घरका सदस्यहरुको पनि उर्जा उमंङ्ग पैदा भइरहेको हुँदोरहेछ ।

सानवाउ आज सबै संसारिक चिजबाट भरपुर हुँदाहुँदै पनि एउटी नारी बिना रित्ता थिए । खाली खाली र शून्य थिए । उनको संसार अन्धकार भयो । उनलाई दिउँसै अध्यारो भएको थियो र, बाटो कतै देखेका थिएनन् ।
सुख सम्पन्नता, पद, पहुँच, प्रतिष्ठा जीवनका अरु अंङ्ग हुन् भने नारीजाति मुटु रहेछ । काकाले आफ्नी गुमिसकेकी श्रीमती सम्झेर मनमनै भने–

‘स्त्री जाति भनेका सबैलाई सुखी–खुसी राख्न सक्ने अद्भुत कलाकार हुन् । संतान दिन नसकेपनि संसारको सबै खुसी दिएकी थिईन् सीताले मलाई । दिवंगत श्रीमती प्रति फेरि काका एकपटक कृतज्ञ भए ।

सानवाउपनि फोनको आवाजले आफ्नो शरिर तन्काउदै घस्रन खोज्दै भने –
‘काका !’
‘काका ! उनी आइन् !’
‘जानू जानू काका गेट खोलिदिनू
मेरो सखि मञ्जु आइन् ।’
सानवाउको यस्तो बेहोसीपना देखेर काकाको मुटु निमोठियो र, नमिठो दर्द महसुस गरे ।

सोच्दासोच्दै सानवाउतर्फ नजर पुर्याएर काकाले अनुमान लगाए –

‘हरे ! वास्तविक जीवनमा एक्लो भएर पनि सपना र कल्पनामा नारी जातिकै साथ सम्झेर पो लोग्नेमान्छेले जिन्दगी घुचट्दो रहेछ !’

सानवाउले मोबाइलको तस्बिर हेर्दै अस्पष्ट आवाजमा ओठ चलाउँदै, घरि निरास, घरि खुसी देख्दा, काकाका आँखापनि सानवाउको गतिविधीसंगै घरि भरिन्थे ,घरि बग्थे ।

फोनको चर्को स्वरले काकाको मौनसंवाद बिथलियो । उनी झस्किए । सानवाउपनि फोनको आवाजले आफ्नो शरिर तन्काउदै घस्रन खोज्दै भने –

‘काका !’

‘काका ! उनी आइन् !’

‘जानू जानू काका गेट खोलिदिनू

मेरो सखि मञ्जु आइन् ।’

सानवाउको यस्तो बेहोसीपना देखेर काकाको मुटु निमोठियो र, नमिठो दर्द महसुस गरे ।

पछिल्लो केही महिनादेखि सानवाउले यस्तै बेहोसी बनेर दिन बिताउन थालेका थिए । सानवाउको स्त्रीप्रतिको आत्मिक दौड देखेर काका छक्क पर्थे । पिएको बखत थरिथरिका स्त्री जातिका नाम पुकार्ने गरेको काकाले सम्झिन्छन् ।
कुनै बेला सानवाउ भन्ने गर्थे –

‘काका !’

‘छ नि ,त्यो गोरी !’

‘हाम्रो अफिसको गोरी !

‘त्यो गोरीमोरीले त बिबाह गरि ।’

फेरि बढी पिएको दिन सोधिरहन्थे –

‘गोरी खोइ काका !’

‘हिजोआज ऊ किन अफिस आउदिन ?’

कहिले भन्थे–‘त्यो डल्लि कम राम्री छ।’

बढी पिएको बेला ग्वाँ कि ग्वाँ गरेर रुन्थे र भन्थे– ‘त्यो डल्लि मसंग बोल्दिन काका !’
सानवाउ बालक हुँदा भाँडाकुटी हराएझै गरेर केटी सम्झी सम्झी रुने गर्थे ।
कहिले भन्थे-

सुन्नु काका !

‘त्यो मोरी गाजली जागिर नै सरुवा गरेर गई !’

अनि रुदै भन्थे-

‘त्यो गाजली मोरी निष्ठुरीको फोन नं.ल्याइदिनु काका !’

‘खोइ गाजली ? ऊ नहुँदा अफिस शून्य लाग्छ ।’

‘अब म पनि अफिस जान्न ।’

बालक अवस्थामा सानवाउले काकासंग जसरी जिज्ञासु बनेर नयाँ नयाँ कुरा सोधिरहन्थे,उसैगरी नशाको तालमा यतिबेला केटीहरु प्रतिको असन्तुष्टि उनले काकालाई सोधिरहन्थे । कहिले फलानी केटी बोलाइदिनु भन्थे, कहिले फलानीको फोन नं ल्याइदिनु भन्थे ।

यति भन्दै सानवाउ चनाखो बनेर आँखा एकोहोर्याउँथे ,कान थापेर आवाजको प्रतीक्षा गर्थे । प्रतिक्षामा आफुलाई सम्हाल्दा सम्हाल्दै बरबर रुन थाले । उनको यो अवस्था देखेर काकाले बूढो शरीर ढल्पलाउँदै साँझ बिहान पुज्ने गरेका देउता राखिएको ठाउँमा पुगे । हावाले मकैका पात सर्सराएझैं पीडा मनभित्र सल्बलाउदै, छाति पिट्दै पूजा कोठामा भगवान भनेर राखिएका मुर्तिसंग डाँको छोडेर रुदै भने

समय परिस्थिति सबैले सानवाउलाई छोड्दै गयो । सायद उनले पनि गोरी, डल्ली, गाजली सबैलाई बिर्सदै गए । पछिल्लो समयमा फेरि ऊनी बालसखि भनेर बेहोसीमा रमाउने, कहिले रुने गर्न थालेका थिए । स्वास्नीमान्छेकै नाम लिएर पछिल्लो समय फेरि रातदिन पिउँन थालेका थिए । उनको यो अल्लारेपन कहिले छुट्ला ? काकाले कतिपटक प्रश्न चार दिवारसंग सोधे । कतिपटक पर्दा र झ्यालसंग सोधे कहिले भित्तासंग सोधे अनि अन्तमा आफ्नो मनलाई सोध्दै टोलाइरहे ।

काकाले एकोहोरो भएर उनैतिर हेरिरहेका थिए । यतिबेला सानवाउले रुन्चे र असपष्ट स्वर निकालेर भन्न थाले –
‘काका ढोका खोल्नू’

काका !

‘काका ! जानू, खोल्नू !’

‘ऊ उनी आइन् !’

यति भन्दै सानवाउ चनाखो बनेर आँखा एकोहोर्याउँथे ,कान थापेर आवाजको प्रतीक्षा गर्थे । प्रतिक्षामा आफुलाई सम्हाल्दा सम्हाल्दै बरबर रुन थाले । उनको यो अवस्था देखेर काकाले बूढो शरीर ढल्पलाउँदै साँझ बिहान पुज्ने गरेका देउता राखिएको ठाउँमा पुगे । हावाले मकैका पात सर्सराएझैं पीडा मनभित्र सल्बलाउदै, छाति पिट्दै पूजा कोठामा भगवान भनेर राखिएका मुर्तिसंग डाँको छोडेर रुदै भने–

‘हे प्रभू !’

‘मैले बाँचेर कस्तो विडम्बना देख्नु पर्यौ !’

‘भन प्रभू मैले यो विजोग कसरी सहुँ ?’

‘भगवान ! मलाई यति ठूलो सजाय किन दियौ ?’

‘हे ईश्वर !’

‘हे भगवान !’

‘सानवाउको जीवनमा खुसीको उज्यालो छर्ने एउटी नारी पठाइदेऊ !’
‘हे ईश्वर’ !

“हे प्रभू“!
“भगवान ! धन्य तिम्रो सृष्टि ! तिम्रो लिला! तिमीलाई एउटी नारी सृजना गर्न किन यति धेरै कठिन“?
पार्वतीको मुर्ति छातिमा टाँसेर ग्वाँ ग्वाँ रुदै भन्न थाले –

‘हे भगवान ! यी मातामा प्राण भरेर यो घरकी देवी बनाइदेऊ !’

‘त्यो पागल संतान सम्हाल्ने आमा बनाइदेऊ !’

‘म हारें प्रभू! म हारें !’

सायद साहेब्नी बाँचेकी भएपनि सानवाउकै खुसी जीवनको ईश्वरसंग यसैगरी भिख माग्ने थिइन् । साहेब्नी याद आउँदा काका मुर्तिसामु घोप्टिएर हुँकार छोडे । मनमनै ईश्वर,भगवान, प्रभू भनी भनी सानवाउकै सुखको याचनाले हात जोडिरहे । काकाले जति पुकारेपनि ती मुर्तिका भगवान मौन थिए । यथास्थितिमा नै थिए ।

आफ्नी श्रीमती सीता ब्रंमलिन हुँदापनि काका यसैगरी भगवान ठानिएका मुर्तिसामु विलौना गरेका थिए । आजपनि काकाको पिडामा, यो याचनामा मुर्ति चुपचाप थिए । त्यहाँ सानवाउको रोदन कोलाहल स्पष्ट सुनिन्थ्यो । त्यो आवाज सुन्नमा आउँदा काकाको छातिको धड्कनले तिब्र गति लिन्थ्यो । उता कोठामा उनी चिच्च्याई रहेकै थिए । घरिघरि चिच्च्याउदा धामीझाक्री बर्बराएझै हुँ..हुँ..! हैट्..हैट् गर्थे ।

छेउबाट काकाले उनलाई पटक–पटक हेरिरहन्थे काकाका आँखा तपतपी चुहिरहेका थिए भने कोठा वरिपरि घस्रने,उठ्ने,लड्ने ढल्पलाउने गर्दै सानवाउले अस्पष्ट आवाज निकालिरहेका थिए ।

लाग्थ्यो, त्यो भूत बंगलामा कुनै फिल्म सुटिङ हुँदैछ । एक अधवैसे पुरुष र प्रौढ पुरुष विचमा मार्मिक अभिनय चलिरहेको छ । स्रोता भनेपनि, दर्शक भनेपनि ती दुईको अभिनय हेर्ने ठूलो बंगलाभित्रको सुनसान कोठामा भौतिक सामाग्री थिए जसमा कुनै संवेदना थिएन । मुटु थिएन । दुई पुरुषको कारुणीक अभिनयमा न त्यहाँ हर्ष थियो न त सन्तापनै, काकाको बृद्धतनको ढुकढुकी बाहेक भित्तो झ्याल र ढोकामा कुनै विषमात नै देखिन्थ्यो । समय ती कोहीको प्रवाह नगरेर आफ्नै गतिमा हिँडिरहेको थियो भने दुई प्राणी समयको वेगले पछारेर ब्याकुल परेका थिए ।

वि.सं.२०७८ कात्तिक १३ शनिवार ०९:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...