काठमाडौं । गत साता निरन्तर उकालो लागेर साताको अन्तिम दिन शुक्रवार ओरालो लागेको सुनको भाउ यो साता पनि सुरुवाती दिनमै ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको बजारमा ९२ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतवारको बजारमा ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आजको बजारमा तेजावी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक १४ आइतवार १३:०० मा प्रकाशित






























