मगंगवा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आन्दोलनको वलमा राप्रपाले राजसंस्था पुनःस्थापना गर्ने बताएका छन ।
राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै अध्यक्ष लोहनीले अभिभावकविहिन मुलुकलाई दलिय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखडा बनाएको बताउँदै त्यसविरुद्ध शसक्त आन्दोलन गरिने र आन्दोलनको वलमा राप्रपाले राजसंस्था पुनः स्थापना गर्ने बताएका हुन् ।
प्रजातन्त्रको मुल आधार शक्ति शन्तुलन र नियन्त्रणको सिद्धान्तवाट कांग्रेस तथा कम्युनिस्टहरु च्युत भएका कारण प्रजातन्त्रको रक्षार्थ पनि राजसंस्थाको आवश्यकता हिजोभन्दा आज झन सान्दर्भिक देखिएको बताए । उनले नेपाललाई हिन्दुराष्ट्र बनाउनवाट कसैले रोक्न नसक्नेसमेत बताए ।
सम्बोधनका क्रमा उनले मधेसवादी दलहरु समेत असफल भएका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नु पर्ने समेत धारणा राखेका थिए ।
अदालतको गाईजात्रा, निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउँदै यो व्यवस्था असफलताको लक्षण भएको उनको भनाई थियो ।
आउँदो अधिवेशनले राप्रपालाई सहि नेतृत्व दिने बताउँदै उनले कार्यकर्ताहरुलाइ विवेकपुर्ण निर्णय गर्न आग्रह गरे ।
अधिवेशनले सत्यनारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ। कार्यक्रमलाई राजेन्द्र लिङदेल,लगायतका नेताहरुले सम्वोधन गरेका थिए।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०९:४० मा प्रकाशित






























