२३ कार्तिक, काठमाडौँ । सेमिफाइनल खेल अघि इंल्याण्ड क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ । टिमका विस्फोटक ओपनिङ्ग ब्याटसम्यान जेशन रोय विश्वकपको बाँकी खेलबाट बाहिरिएका छन ।
इंल्याण्ड क्रिकेट र्बोडल ट्वीटरबाट ट्वीट गर्दै जेशन रोय चोटको कारण गर्दा विश्वकपको बाँकी खेलबाट बाहिरिएको जानकारी दिएको हो ।
We’re all gutted for you @JasonRoy20 💔
We will carry on playing in the positive spirit that you embody.
If anyone can come back stronger, it’s you 🦁#T20WorldCup #EnglandCricket
— England Cricket (@englandcricket) November 8, 2021
जेशन रोय दक्षिण अफ्रिका विरुद्धको खेलमा ब्याटिङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । इंल्याण्ड क्रिकेट र्बोडले जेशन रोयको स्थानमा जेम्स विन्सलाई टिममा भित्राएको छ ।
इंल्याण्डले आफ्नो सेमिफाइनल खेलमा न्यूजिल्याण्डको सामना गर्ने छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०९:४५ मा प्रकाशित
























