back
CTIZAN AD

राष्ट्रपति रनिङ सिल्ड क्षेत्रपाल माविलाई

वि.सं.२०७३ फागुन २० शुक्रवार

966 

shares

२० फागुन,त्रिशूली(नुवाकोट)  । जिल्ला खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगिताको उपाधि क्षेत्रपाल मावि चौघडाले जितेको छ । तीन सय २७ अङ्क सहित पहिलो भएको क्षेत्रपालले रु १५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै खेलकुदको विकासले सिङ्गो देशलाई चिनाउने बताउनुभयो । स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले खेलकुदले राष्ट्रका लागि मात्र नभई व्यक्तिगत जीवनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रतियोगितामा ३३ विद्यालयका तीन सय २० विद्यार्थीको सहभागिता थियो । त्रिशूली कोलनीमा भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कबड्डी समावेश गरिएको थियो । रासस

वि.सं.२०७३ फागुन २० शुक्रवार १४:०२ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...