Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

इच्छा विपरीत रङ दले कारबाही



२० फागुन, काठमाडौँ । गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।

मन्त्रालयको सूचना विपरीत कसैको इच्छा/स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराइका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम