३ मंसिर, काठमाडौँ । । मध्य भोटेकोशी जलविद्युत कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी र क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल मार्फत हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार १६:२५ मा प्रकाशित





























