काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आफ्नो उम्मेदवारी पार्टी एकताको लागि भएको बताए । उनले आफुँले समूहगत उम्मेदवारी नदिएको बताए । आफुँ उपाध्यक्ष भएको कारण पनि पार्टी अध्यक्षमा उम्मेदवारी स्वभाविक भएको बताए ।
‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु । यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु’, उनले भनेका छन् ।
यस्तो छ उनले जारी गरेको विज्ञप्ती
सम्बन्धित समाचार
वि.सं.२०७८ मंसिर ५ आइतवार १६:०१ मा प्रकाशित






























