back
CTIZAN AD

¥याङकिङ टेनिसको सर्किट– २ भोलिदेखि

वि.सं.२०७८ मंसिर ५ आइतवार

585 

shares

५ मंसिर, काठमाडौँ । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुँदै छ ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । नेपालका १५ ब्वाइज र १४ गल्र्स, भारतका समान १–१ ब्वाइज/गल्र्स, पाकिस्तानका १ ब्वाइज तथा अमेरिकाका १ गल्र्स खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।

प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।

सर्किट– १ गत शुक्रबार सम्पन्न भएको थियो । सर्किट– १ मा पनि सिंगल्स र डबल्स स्पर्धामा खेल भएको थियो । दुवै स्पर्धामा नेपाली खेलाडीले शीर्ष स्थान हात पारेका थिए । सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गल्र्समा सुनिरा थापा पहिलो भएका थिए । डबल्सको ब्वाइजमा सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले स्वर्ण चुमेका थिए । सर्किट– २ शुक्रबारसम्म चल्ने छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १६:३४ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...