काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । आइतबार रिपोटर्स नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।
रावलले पार्टी केन्द्रीय कार्यालयमा ठाउँ नदिएपछि रिपोर्टस क्बल रोज्नुपरेको बताए ।
उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’
रावलको उम्मेदवारीप्रति पार्टी अध्यक्ष केपी शर्मा ओली खुसी छैनन् । उनकै निर्देशनमा रावललाई घोषणा कार्यक्रम गर्न रोकिएको बुझिएको छ ।
पार्टी अध्यक्षमा भीम रावलको उम्मेदवारी किन ? यस्ता छन् १५ कारण (पूर्णपाठसहित)
वि.सं.२०७८ मंसिर ५ आइतवार १७:३६ मा प्रकाशित






























