काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्ला भएको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुल्ला भएको हो ।
नियमावालीले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरिदिएको छ ।
न्यायाधीशहरु लामो समयदेखि गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागमा आन्दोलित थिए । सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनका बीच न्यायाधीशहरु पूर्णं बैठकले नियमावली संशोधन गरेको थियो ।
नियमावलीसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको पनि यसलाई औपचारिकता भने सर्वोच्च अदालतको पूर्णं बैठक (फुल कोर्ट)बाटै हुनेछ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:३४ मा प्रकाशित






























