back

सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

वि.सं.२०७८ मंसिर ६ सोमवार

129 

shares
NTC AD
Global IME AD

६ मंसिर, काठमाडौँ । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बाह्रै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

खुल्लातर्फ पुरुष÷महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने छ । यो विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ छ । पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५/१५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष/महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुने छ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशी ३ लाख ७ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशी ५२ हजार रुपैयाँ छ ।

महासेनानी बस्नेतले कुनैपनि स्पर्धामा कम्तिमा ८ टिमको सहभागिता हुन पर्ने बताउदै सो भन्दा कम भएको खण्डमा पुरस्कार राशी घटाउन वा स्पर्धानै स्थगित गर्न सकिने बताए । एक खेलाडीले बढीमा २ स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नु पर्ने छ ।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता टेनिस संघकै प्राविधिक सहयोगमा हुने लागेको हो । लनटेनिस प्रशिक्षक कृष्णराज घलेलाई प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...