उनी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पनि हुन् । चौधरी नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् ।
काठमाडाैं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी पार्टीको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। साेमदेखि नवलपुरमा सुरू भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
अधिवेशनमा चौधरीबाहेक अन्यकाे नाम भने सर्वसम्मत भएन । अन्य महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी भएकाे नवलपुर कांग्रेसले जनाएकाे छ ।
चौधरी मधेशी कोटाबाट सर्वसम्मत चयन भएका हुन् ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १७:३७ मा प्रकाशित






























