back
CTIZAN AD

नर्सरी खेतीतर्फ किसानको आकर्षण बढ्दो

वि.सं.२०७८ मंसिर ६ सोमवार

765 

shares

खलङ्गा । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् ।

उनी जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि परेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए ।

यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । उनी नर्सरीमै दिन बिताइरहेका छन् । बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र रेखदेख गर्ने उनको दैनिकी हो ।

उनले भने, “यो हाइटेक नर्सरी तिला– ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ, अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्, पहिले जडीबुटी कोर्नुपर्छ, वन जङ्गल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो, अहिले जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ ।”

हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, वुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् ।

उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले जनाएको छ ।

विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो ।

नर्सरी स्थापनामा रु २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताइन् । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् ।

नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको छ । अहिले नर्सरीको अवस्था राम्रो छ । चिसो मौसममा पनि निकै राम्रो देखिएको छ ।

मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्किन्छन् । जडीबुटीका बारेमा चासो राख्ने गरेको सो नर्सरीका सञ्चालक बताउँछन् ।
रासस

वि.सं.२०७८ मंसिर ६ सोमवार १७:०४ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...