Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

डडेल्धुराका ग्रामीण सडक मापदण्ड विपरीत



२२ फागुन,डडेल्धुरा । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् ।

डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले बताउनुभयो ।

उपभोक्ता समितिका पदाधिकारीले आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात सञ्चालनको मापदण्डअनुसार सडक निर्माण नभएका हुन्् । जिविसदेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका बढी जसो सडक मापदण्ड अर्थात् ग्रेड नमिलाई निर्माण हुने गरेका छन् ।

प्राविधिकको परामर्शसमेत नलिई आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरिएको छ । अधिकांश ग्रामीण सडकमा ज्यान जोखिममा राखेर यातायात सञ्चालन गर्नु परेको चालकको भनाइ छ ।

राजनीतिक दबाबले आफ्नो पायक पर्ने स्थानमा सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकिरहेका स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाका १८ गाविस र दुई नगरपालिकामा करिब तीन दर्जन ग्रामीण सडक रहेका छन् ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी