काठमाडौं । उपभोक्ता माझ लोकप्रिय मानिएको पेय पदार्थ कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको छ ।
आफ्नो नजिकको मान्छेहरु र विशेष गरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको कोकाकोलाले जनाएको छ । एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन २०२१ को दशैँ क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा थियो ।
उक्त अन–ग्राउन्ड एक्टिभेसन कोका–कोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएर कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्तै गरी एम्बुलेन्स सेवाप्रदायक “नेपाल एम्बुलेन्स सेवा”, “वुमन फर ह्युमन राइट्स” र क्रिएशनइनको सन्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको गरेको जनाएको छ ।
क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स समेत प्रदान गरेको छ ।
अभियानको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भने-‘यो वर्षको दशैँमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप “धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन” सन्चालन ग¥यौँ । यो महामारीको समयमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि वहाँँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौं । समुदाय प्रतिवहाँँहरुको निःस्वार्थ प्रतिबद्धतालाई हामी फेरी पनि सलाम गर्दछौँ ।’
वि.सं.२०७८ मंसिर ७ मंगलवार २०:४५ मा प्रकाशित






























