back
CTIZAN AD

आज बिहीवार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७८ मंसिर ९ बिहीवार

666 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला। लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ। टाढिएका आफन्तजन नजिकिनेछन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ। पहिरन र खानपानले केही खर्च पनि बढाउला। प्रयत्न गर्दा काम भने बनाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। सामाजिक दायित्व बढ्नेछ। खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ। पदासीन व्यक्तिहरूले केही अवरोध गर्न सक्छन्। तापनि पहिलेको उपलब्धिले नयाँ अवसर दिलाउने ग्रहयोग देखिन्छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्चिलो काममा लगानी गर्नुपर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। तर, विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठाउन नसकिएला। कर्जामार्फत रकम जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानीको अवसर आउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भइरहनेछ। सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

२०७८ मंसिर ९ गते, बिहीवार, (२५ नोभेम्बर-2021)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बुधवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष लाभ ?

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०७:२६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...