back
CTIZAN AD

गण्डकी प्रदेश स्वास्थ्य नीति जारीः आधारभूत स्वास्थ्य सेवा निःशुल्क

वि.सं.२०७८ मंसिर ८ बुधवार

909 

shares

पोखरा । गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य नीति निर्माण गरेको छ ।

सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यका साथ नयाँ स्वास्थ्य नीतिमा ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक संस्था नीति’ अबलम्बन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जानकारी दिइन् ।

मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नीतिले विशेष गरि नेपालको राजनीतिक परिवर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश तथा थारुहट आन्दोलनका क्रममा भएका शहिद तथा बेपत्ता, घाईते अपाङ्गता भएका व्यक्ति तथा परिवारको स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउने कुरा नीतिमै उल्लेख गरिएको छ ।

त्यसैगरि आधारभूत स्वास्थ्य सेवालाई नागरीकको मौलिक हकको रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको हुने व्यवस्था नीतिमार्फत गरिएको छ ।

संघीयताको मर्मबमोजिम संघ र स्थानीय तहसँग सहकार्य गर्दे समतामुलक गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा आमनागरिककोे सर्वव्यापी पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ पनि प्रदेश स्वास्थ्य नीतिले गरेको बताइएको छ । स्वास्थ्य बिमा लागु भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम लागु गरि स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन संयन्त्र र्निमाण गरिने कुरालाई नीतिमा जोड दिइएको छ ।

प्रदेशभित्र पाईने बिभिन्न जडिबुटीहरुलाई उत्पादन गर्न प्रोत्साहनकोे नीति लिइएको छ । व्यक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रसारण लाई जोडेर लैजाने महत्वपुर्ण विषय नीतिमा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले जानकारी दिइन् । प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी तथा विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख गन्तव्य स्थल भएको अन्र्तराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा स्थापना गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने, किशोरीका लागि आईरनलगायतका आवश्यक तत्वको उपलब्धतालगायतका विषय पनि नीतिमै राखिएको छ । त्यसैगरि सरकारद्धारा एक पालिकाः एक ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम लागु गरिनेछ ।

प्रदेश स्वास्थ्य नीति, २०७८ का मुलभूत विशेषता
भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशका साथै विद्यमान स्वास्थ्य सेवामा देखिएका समस्या, चूनौती र अवसरलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपभोग र गुणस्तरियता कायम राख्नका लागि प्रदेश सरकारले देहायबमोजिमका नीतिहरु अवलम्बन गरेको छ ।

-निःशुल्क आधारभूत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाईने छ ।

– प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्यमा सुधार गरी खोप र पोषण सेवालाई थप प्रभावकारी बनाउदै लगिनेछ ।

– विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर र मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सवैको पहुँच वृद्धि गर्दै लगिनेछ ।

-मुख, नाक, कान, घाँटी र आँखासम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गरिनेछ ।

-सीप मिश्रित, विशेषज्ञ र विशिस्टीकृत सहितको दक्ष जनशक्तिबाट सेवा दिइनेछ ।

-स्वास्थ्य संस्थामा औषधी, औषधी र चिकित्साजन्य सामग्री तथा भ्याक्सीनको अटुट रुपमा आपूर्तिको व्यवस्था गरिनेछ ।

-एक चिकित्सक र स्वास्थ्यकर्मी, एक संस्था नीति अबलम्बन गरिनेछ ।

-आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्दन गरिनेछ ।

-गैरसरकारी, निजी, सामुदायिक, सहकारी साझेदारीको अवधारणा अवलम्बन गरिनेछ ।

-स्वास्थ्य प्रणालीमा सुशासन कायम गरिनेछ ।

-स्वास्थ्य योजनालाई तथ्य परक बनाईने छ र योजना बनाउन स्वास्थ्य अनुसन्धानलाई जोड दिएनेछ ।

-पूर्ण डिजिटल अभिलेख र प्रतिवेदन प्रणालीको विकास गरिनेछ ।

– स्वास्थ्य सेवामा लगानी बृद्धि गर्दै स्वास्थ्य उपचारमा नागरिकको व्यक्तिगत खर्च क्रमशः घटाउँदै लगिनेछ ।

-स्वास्थ्य बिमा कार्यक्रमलाई सुद्धिढीकरण गर्दै गुणस्तरीय बनाउदै लगिनेछ ।

– मेडिकल पर्यटनको नीति अवलम्बन गरिनेछ ।

– विपद् तथा महामारीजन्य रोगको नियन्त्रण गर्ने तथा रोकथाम गरिनेछ ।

-मानसिक रोग, नसर्ने रोग, जलवायु परिवर्तनद्वारा सिर्जित रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि प्राथमिकता दिईनेछ ।

– बढ्दो शहरीकरण, आन्तरिक तथा बाह्य बसाईसराई जस्ता विषयहरुको समयानुकुल व्यवस्थापन गर्दै यस बाट हुने जनस्वास्थ्य सम्बन्धि समस्या समाधान गरिनेछ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार २१:१२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...