काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेको कुम्भमेला हिटलर जन्माउने कर्मकाण्ड नबनोस् भनेका छन् ।
शुक्रवारदेखि चितवनमा सुरु हुने एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा सहभागीलाई शुभकामना दिँदै बोल्दै डा. बाबुराम भट्टराईले यस्तो बताएका हुन् ।
संवेदनशील र सचेत किसान-मजदूरले बोक्ने झण्डा संवेदनहीनताको प्रतीक (‘गैंडाको छाला जस्तो’ जो भनिन्छ!) र विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाॅ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना!
— Baburam Bhattarai (@brb1954) November 25, 2021
‘संवेदनशील र सचेत किसान–मजदूरले बोक्ने झण्डा संवेदनहीनताको प्रतीक (‘गैंडाको छाला जस्तो’ जो भनिन्छ!) र विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस् ! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना !’ डा. भट्टराईले सामाजिक संजाल ट्विटरमा भनेका छन् ।
वि.सं.२०७८ मंसिर १० शुक्रवार ०८:०३ मा प्रकाशित






























