काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीचमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । मंशिर ८ गते एक समारोहबीच एक कार्यक्रम गरेर सम्झौता भएको हो ।
सामाजिक रुपमा पिछडिएका महिला, दलित, जनजाति, फरक ढंगले क्षमता भएका व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगड, मजदुर र भुमिहीन विपन्न परिवारहरुलाई लक्षित गरेर कर्जा लगानी गर्नका लागि उक्त सम्झौता भएको हो ।
कर्जा सम्झौता समारोहमा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषको तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैक लिमिटेडको तर्फबाट बैंकका कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका थिए ।
वि.सं.२०७८ मंसिर १० शुक्रवार ०८:०९ मा प्रकाशित






























