back
CTIZAN AD

गोकर्णेश्वरमा बुद्धिजीवीहरुको सम्मेलन सम्पन्न, शिवाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन

वि.सं.२०७८ मंसिर ११ शनिवार

777 

shares

काठमाडौंं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा सम्पन्न सम्मेलनबाट नेपाल बुद्धिजीवी संगठन गठन गरीएको छ ।

नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक निलकण्ठ तिवारीको प्रमुख आतिथ्यतामा लालबहादुर शिवाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि निलकण्ठ तिवारीले नेपाल बुद्धिजीवी संगठन क्रान्तिकारी बुद्धिजीवीहरूको वैचारिक संगठन भएको स्पष्ट पार्दैे भने, ‘नेपाल बुद्धिजीवी संगठन क्रान्तिकारी बुद्धिजीवीहरूको वैचारिक संगठन हो । यसले समाजवादी क्रान्तिको वैचारिक संश्लेषणका निम्ति योगदान गर्नुपर्दछ ।’ बुद्धिजीवी संगठनले वैचारिक संश्लेषण गर्दै समाजवादी क्रान्तिको मार्गचित्र कोर्न योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, बिशेष अतिथिको रुपमा कार्यक्रमलाई संम्बोधनगर्दै नेपाल बुद्धिजीवी संगठन, प्रचार तथा प्रकाशन विभाग प्रमुख मनहरि तिमिल्सिनाले समाजवादी क्रान्तिको कार्यभार राष्ट्रिय सवाल बनेको र क्रान्तिकारी बुद्धिजीवीहरूले समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्न वैचारिक योगदान गर्नुपर्ने बताए । उनले भने, ‘समाजवादी क्रान्तिको कार्यभार राष्ट्रिय सवाल बनेर आएको छ । क्रान्तिकारी बुद्धिजीवीहरूले समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्न वैचारिक योगदान गर्नुपर्छ । ’

उनले बुद्धिजीवीहरू संख्यामा होइन, गुणमा योगदान गर्ने हुनुपर्ने बताए । उनले भने, ‘बुद्धिजीवीहरू संख्यामा होइन, गुणमा योगदान गर्ने हुनुपर्छ । हाम्रो विज्ञता समाज परिवर्तनका लागि केन्द्रित हुनुपर्छ ।’

अर्का बिशेष अतिथि नेकपा माओवादी केन्द्र काठमाण्डौ ३ नम्बर निर्वाचन क्षेत्र इञ्चार्ज महेश्वर फुयाल ‘विवेक’ले नेपालको राजनीतिक परिवर्तनमा माओवादीको गुणात्मक योगदान रहेको तर त्यसको व्यवस्थित प्रचार र व्यवस्थापन गर्न नसकिएको बताए । उनले भने, ‘नेपालको राजनीतिक परिवर्तनमा माओवादीको गुणात्मक योगदान छ । तर, त्यसको व्यवस्थित प्रचार र व्यवस्थापन गर्न सकेनौं ।’

लालबहादुर शिवाको अध्यक्षतामा गठन भएको सो संगठनको कार्यसमितिमा उपाध्यक्षमा हरि प्रसाद पुडासैनी, रविन्द्र उप्रेती, गौरीशंकर तामाङ चयन भएका छन्। त्यस्तै सचिवमा हरेराम शर्मा, सहसचिवमा सुरेश गुरागाईं, कोषाध्यक्षमा सोनाम शेर्पा र सदस्यहरुमा हरिबहादुर घिमिरे, खडानन्द पोखरेल, कर्मा शेर्पा, रमेश खड्का, इन्द्र बहादुर मोक्तान, हरि बहादुर श्रेष्ठ, घनाश्याम सुवेदीलगायत चयन भएका छन ।

संविधानसभा सदस्य आंगदावा शेर्पा, बुद्धिजीवी नेता भरत गौतम, माओवादी केन्द्रका नेता टिआर नेपाल लगायतको मंतब्य रहेको सो कार्यक्रमको सभापतित्व पिताम्बर आचार्य र सञ्चालन लालबहादुर सिवाले गरेका थिए भने स्वागत मन्तव्य माओवादी केन्द्र गोकर्णेश्वरका अध्यक्ष मानबहादुर तामाङले राखेका थिए ।

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०६:३४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...