back
CTIZAN AD

केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने एमालेको निर्णय

वि.सं.२०७८ मंसिर ११ शनिवार

711 

shares

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ ।

सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।

दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ । पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ । एमालेको आयोग २५ सदस्यीय हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारीमध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो ।

बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहाकार परिष्द हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि सुरु हुने महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...