back
CTIZAN AD

एमाले महाधिवेशन : के नेतृत्वको विषयमा सहमति भइसकेको हो ?

वि.सं.२०७८ मंसिर ११ शनिवार

759 

shares

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनको बन्द सत्र झण्डै ५ घण्टा ढिलो गरि सुरु भएको छ । मुख्यतः पदाधिकारी चयनको विषयमा भईरहेको प्रयास निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र ढिलाई भएको हो । १० बजेदेखि सुरु हुने भनिएको बन्द सत्र दिउँसो ३ बजेपछि मात्रै सुरु भएको थियो ।

अहिले बन्द सत्र जारी छ । बन्द सत्रमा नेताहरुले सम्बोधन गरिरहेका छन् । बन्द सत्रको सुरुवाती सत्रमा विदेशी पाहुना पनि सहभागी छन् ।

सहमति भएपछि बन्द सत्र : ओली

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वको विषयमा सहमति भइसकेको जिकिर गरेका छन् । बन्द सत्र हलमा प्रवेश गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सहमति भएको हो ?’ भन्ने प्रश्नमा ओलीले ‘हो सबै मिलिसक्यो’ भन्ने जवाफ दिएका थिए ।

तर, छलफल नै पेचिलो बनेपछि बन्दसत्र

ओलीले सहमति भएको भनेपछि पदाधिकारी चयनको विषय निकै पेचिलोपूर्णं बन्दै गएको बुझिएको छ । शनिबार दिउँसोसम्म सहमति जुटाउन गरिएको प्रयास व्यर्थ देखिएको बताइएको छ ।

बताइएअनुसार ओली समूहभित्रै सहमतिको विषय बन्दै गएको छ । विशेषतः वरिष्ठ उपाध्यक्ष र महासचिव पदको विषयमा नेताहरुबीच निकै पेचिलोपूर्णं दाबेदारी देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले नछाड्ने र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल पनि नछाड्ने अडानमा देखिएका छन् ।

यता ओली गुटभित्रै समस्या देखिएको १० बुँदे समूह र बादल समूह अलमलमा परेको छ ।

वि.सं.२०७८ मंसिर ११ शनिवार १७:११ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...