जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपालगन्जबाट जाजरकोट गइरहेको ना६ख २७५७ नम्बरको बस आइतवार बिहान २ः३० मा दुर्घटना हुँदा पाँचजनाको मृत्यु हुनुका साथै २५ भन्दा बढी घाईते भएका छन् ।
जाजरकोटको कालिमाटीतर्फ गइरहेको उक्त वस भेरी नगरपालिका १३ बराहचौर भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा २ पुरुष, २ महिला र १ बालिकाको मृत्यु भएको र उनीहरुको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा घाईते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने ती मध्ये ३ जना गम्भीर घाईते भएको पनि प्रहरीले जनाएको छ ।
सडकबाट २ सय मिटर तल खसेको उक्त बसको दुर्घटनाका कारण भने खुलेको छैन ।
फोटो- बामु देवकोटा
वि.सं.२०७८ मंसिर १२ आइतवार ०८:०० मा प्रकाशित






























