back
CTIZAN AD

१२ जना नेपाली युवती बेच्ने क्यानेडाली व्यवसायीलाई ३० वर्ष जेल सजाय

वि.सं.२०७८ मंसिर १२ आइतवार

675 

shares

अफ्रिका । नेपाली महिला बेच्ने क्यानेडानली व्यापारी आसिफ अमीरालि अलिभाई जेथा ३० वर्ष कैदमा परेका छन् ।

केन्याको मोम्बासास्थित सान्जु उच्च अदालतका वरिष्ठ आवासीय अधिकारी डेभिड ओधियाम्बोले उनलाई ३० वर्ष लामो कैद सजाय सुनाएका हुन् ।

उनलाई विभिन्न ३ आरोपमा मुद्दा चालेकाले त्यसबाहेक उनलाई १ मिलियन स्थानीय मुद्राको जरिवाना समेत तोकिएको छ । नृत्यांगना र सेविकाको काम लगाइदिने भनेर केन्या पुर्याएका नेपाली महिलाहरुलाई बेचबिखन गरेको आरोपमा उनीमाथि मुद्दा चल्दै आएको थियो ।

१६ र १७ वर्षका २ युवती, २२ देखि २६ वर्षका ८ जना र ३० वर्ष माथिका दुई नेपाली युवतीमाथि अपराध गरेको आरोपमा सन् २०१९ मा मोम्बासा न्यालीको एमके प्लाजामा खानतलासी गरी मानव बेचविखन विरुद्धको संगठित अपराध भन्दै उनलाई पक्राउ गरिएको थियो ।

मोम्बासाको न्यालीस्थित एमके प्लाजामा रहेको जेठाको रंगीला ग्रिल एण्ड बार (सेकुवा तथा मधुशाला) मा इन्टरनेशनल अर्गनाइज्ड क्राइम व्युरोका गुप्तचरले सन् २०१९ मा छापा मारेर १२ नेपाली युवतीहरुलाई उद्धार गरेको थियो ।

विदेशी भूमिमा न्यायको आशा लाग्दो समाचार
हाल नाइजेरियामा रहेका गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले यसलाई बिदेशी भूमीमा न्यायको आशलाग्दो समाचार भनेका छन् ।

‘अफ्रिकाका डान्सबारमा बेचिने नेपाली चेलीहरुका मानवतस्कर दलालहरुलाई नेपाल सरकारले अहिलेसम्म न्यायको कठघरामा उभ्याउन नसके पनि आज केन्याको एक अदालतले १२ जना नेपाली चेलीहरुलाई डान्सबारमा अबैध रुपमा पुर्याउने एक दलाललाई तीस बर्षको जेल सजाय तोकेको छ ।’ थापाले भनेका छन् ।

वि.सं.२०७८ मंसिर १२ आइतवार ११:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...