१२ मंसिर, काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २७.३७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १० गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै अब सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश कर सहित पाउने छन् ।
सभाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता दिएको छ ।
वि.सं.२०७८ मंसिर १२ आइतवार ११:२० मा प्रकाशित





























