back
CTIZAN AD

आगलागीमा परेर एकै घरका दुई बालकको मृत्यु

वि.सं.२०७८ मंसिर १२ आइतवार

660 

shares

भरतपुर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । रासस

वि.सं.२०७८ मंसिर १२ आइतवार ११:३४ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...