काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालय बढाएर मन्त्रीपरिषद् विस्तारको तयारी थालेका छन् । पाँच दलीय गठबन्धनभित्र मन्त्रालय भागवण्डामा सहमति नजुटेसँगै उनले मन्त्रालय बढाउने विस्तारको तयारी थालेका हुन् ।
राई ७ मन्त्रालयलाई टुक्र्याएर ११ पुर्याउने र राज्यमन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद् बनाउने तयारी गरेका छन् । बताइएअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी गरिएको छ । त्यसैगरि सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा र खेलकुद बनाउने तयारी छ ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि र सहकारी मन्त्रालय बनाउने तयारी प्रदेश सरकारको छ ।
राई गत कात्तिक १६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको महिना दिन पुगीसक्दा पनि उनी नेतृत्वको सरकारले पूर्णंता पाउन सकेको छैन् । उनी नेतृत्वमा एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् छ ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १२:५९ मा प्रकाशित






























