back
CTIZAN AD

दस टुक्का कविता: आत्मीयता

वि.सं.२०७८ पुस ३ शनिवार

846 

shares


मेल मिलापमा बसी काटौँला जीवन हामी,
दुश्मनको जालमा नपरौँ आज कर्मी धामी।

मनमा लागेको हृदय खोलेर बोल्न सिक,
छ भनी कुनीयत मनभित्र लुकेको झिक ।

जून जस्तो मन बनाऊँ दाग रहित अब,
मिलेर काटौँला जीवनको बाटो हामी सब ।

निश्चल छ मन भने हाम्रो त्यसैमा जीवन,
किन चाहिन्छर यो कागजले बनेको धन ।

मन भन्दा सुन्दर तन भएर हुन्छ धोका,
यो दुनियाँमा भेटिन्छन् लाछी मानिएका भोका ।

आत्मीय भए त्यही आफ्नो हुन्छ रगत जस्तै,
तनको सुन्दर भेटिन्छ समाजमा प्रसस्तै ।

मलाई देशभक्ति राम्रो लाग्छ र आफ्नो वर्ग,
प्रेमी बसेरा जीवनको सवेरा लाग्छ स्वर्ग ।

सेतो हिमाल र सगरमाथा जस्तै भेटिन्न,
न पाउँदा आफ्नो देश मनको तिर्खा मेटिन्न ।

आऊ सारा नेपाली हो मिलेर बनाऊँ देश,
छाडेर यस्तो रमझम अनि पैसाको रेश ।
१०
अखण्ड बनाऊँ मातृत्व आफु काखमा बसी,
न बने ठग र न हिँड अल्छी खरानी घसी ।

सुरेशकुमार पाण्डे, घोराही, दाङ

वि.सं.२०७८ पुस ३ शनिवार ०७:३३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...