back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ पुस ३ शनिवार

810 

shares

क्या गजबको खेल हुन्छ पर्दा पछाडि ।
सक्दो जालझेल हुन्छ पर्दा पछाडि ।

लुट्नेले लुटिरहेछन दिन दहाडै यहाँ
हत्कडी अनि नेल हुन्छ पर्दा पछाडि ।

जन्मदिन आयो कि केकको संझना
लाजसरमले सेल हुन्छ पर्दा पछाडि ।

नहेर्नु अस्लील कुरा सबै त्यसै भन्छन्
तर ठेलमठेल हुन्छ पर्दा पछाडि ।

तिर्खाईको व्याकुलतामा पानी सम्झ्यो,
मेलम्चीको भेल हुन्छ पर्दा पछाडि ।

‘स्मृति’ सब शुन्यतामा छ कसरि भरुँ
अवसरमा नि फेल हुन्छ पर्दा पछाडि ।।

लक्ष्मी स्मृति, विराटनगर, मोरङ

 

वि.सं.२०७८ पुस ३ शनिवार ०७:३४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...