back
CTIZAN AD

कविता: चेतना भया

वि.सं.२०७८ पुस ३ शनिवार

1.2K 

shares

काम नै नगरी, ठगी गरेर
इमान छाडी, लोभी भएर
जो ओड्छ छाता, अरु समाई
नहोस् है साथ, कब उसलाई ।१।

जोडेर हात, झुकाएर शिर
सभक्ति वन्दना, छिपाई पिर
गर्नुछ कर्म,सबले रमाई
अनित्य दुनिया, निष्ठा समाई ।२।

छ धर्ती समान, प्रकृति समान
रगतै समान, नाता समान
हुदैन मान्य, विभेद जमान
नहुन्छ ठिक, गरेको अपमान ।३।

फुल्दछ फूल, रम्दछ दुनिया
कतै लिन्न मूल्य, बनी बनिया
गमेर हेर ,पाठ शक्ति दिन्छ
सुवास हावा, सित्तै त लिन्छ ।४।

प्रीति मुटुहो, जननी मुहार
मायाँ घरको, अमूल्य जुहार
सगरमाथा, शिरै त्यो गहना
हो बुद्ध भूमि, पुर्खा लहना ।५।

छन्द: पादाकुलक

ओम आचार्य, अर्घाखाँची

 

वि.सं.२०७८ पुस ३ शनिवार ०७:३६ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...