back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ पुस ३ शनिवार

669 

shares

अनुकुल मौसम रहेछौ तिमी प्रतिकुल भएको
भल छोप्न नसकेर पो मनमा खुलदुल भएको

सिङ्गो किताब जस्ता देखिन्थे ती सुदुर गाउँका मान्छे
जुन बेला कुनै पनि गाउँ थिएन स्कुल भएको

यस्तो भ्रम थियो,राक्षसले मात्र हतियार खेलाउन सक्छ
मन्दिरमा देउता भेटिए हातमा त्रिशुल भएको

हतार गरेर तिमी आफैले काँडामा हात पुर्यायौ
मैले त सुम्पेकी हुँ यौवन तिमीलाई फूल भएको

त्यो सालिक, जिउँदो मान्छे जस्तो चोकमा उभिएको छ
ऊ हेर्न चाहन्छ देशको परिवर्तन आमूल भएको ।।

सावित्री गिरी, पोखरा, कास्की

वि.सं.२०७८ पुस ३ शनिवार ०७:३७ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...