म सुतेकेको थिएन । अन्तरी पनि निंदाएकी थिईनन्। मैले सेच्दै थिए कि अन्तरी निदाई हालोस्। उसले पनि खै ! कुन्नि के के हो, के के सोंच्दी रहेछिन । म उसको मुहारको ठिक विपरीत दिशातिर फर्केर टाउको सिरानीमा अड़ाएर मोबाईल औंलाले कोट्याउनु थालें। उतिबेला उसले हातले मोबाइल खोसेर भनिन, ‘औ कान्छा ! के छ हौ चालामाला, फोन घुमाएर निकै पो हाँस्नु थाल्यौ त। मैले हेर्दा के हुन्छ नि खै ! देखाऊ देखाऊ। कोही नक्चरीसंग इत्रिएको त होईन।` यसै भन्दै मोबाईल उसले आफ्नो अनुहार अघि पारि हालिन् ।
म भने ट्वाल्ल भैंसीले जून हेरे जस्तै उसलाई हेरेको हेरै भएछु। त्यतिबेला कम्ति झोक चलेको हो र मलाई, ´ला ! हेर` त भन्नु मनलागेको थियो । तर भन्नु चाहीं भनिन । किन भने, फेसबुक भित्र-भित्र म पनि कसैसंग नइत्रिएको चाहीं होईन नि फेरि । बैस, कहिले बुढो हुँदैन भन्ने उक्ति, ठ्याक्क मेरै जीवनसंग मेल खाएको रहेछ नि हौ गाँठे भन्नु पो हुँदैन, खिक खिक गरेर मनमनै हाँस्छु ।
फेरी उ अर्को तिर फर्केर सुतेपछि मेरो कार्यक्रम शुरू हुन्छ फोनवाली सित प्रेमवाली कुरा कथनी । मैले भने फोनवालीलाई ‘औ ! झन्डै अभर परेको अहिले भर्खर अन्तरी त मरेछ भन्ने ठाने क्या उ त जिउँदै ठाड़ो पो उठ्यो त बाबै निदाएकै थिएन रैछ । अर्को तिरबाट समधुर आवाजमा फोनवाली बोलिरहेकै छ, खै के के सोध्छ नि सोध्छ फोनवालीले भन्दै थिईन् ‘अन्त के भयो यतिबेला उ लम्पसार होला नि हगि ?` म उनको आवाजबाट मक्खै पर्दै कुरा जोत्दै भनिदिहाले,´अँ उसलाई कात्रो ओढाएर म चाहिँ छेउमा बसि, तिमीसंग बात गर्दैछु ।’ मात्रै के भनेको थिएँ । अन्तरी माताकाली भैरवीको रौद्ररूपमा प्रकट भई आईन् । बाप रे ! आँखा पनि ठूलो ठूलो पारेर केश जिङरिङ्ग एकदम क्रोधित बनेको अवस्था यतिमात्रै हो र ! ओठ थररर कमाउँदै अन्तरीले मेरो तालुमा अलिअलि बाँकीरहेको केपाल अनि अनुहारलाई सिधै लक्ष्य बनाएर जाईलागि हालिन् । सम्हाल्नु सकिन । खास कुरा यति हो, म आफुलाई भन्दा पनि मोबाईललाई बचाएर चाहिं निकै ढुक्कैले सुतें त्यस रात।
भोलि बिहानै धारामा मुख धुन थाल्दा अनुहार निकै पोलेर आयो । ठिकै यतिबेला नै पल्लो घरको अन्तरे काका रित्तो गाग्रो लिएर पानी भर्न आएछ । मेरै छेउमा उभिएर मलाई नियालेर हेर्छ अनि, ‘ कसो कान्छा ! हिजो आज तेरो अनुहारको सुन्दरता बढेको छ त हौ ! कुन क्रीम लगाउँछेस् भन भन कान्छा ।’ भनेर व्यङ्ग कस्न थाल्छ। बोल्नु मन लागेन काकासंग, मलाई थाहा भयो । मेरो अनुहारमा अन्तरीको नङ्ग्राकै डोप टल्किएर अन्तरे काकाले गिज्याएको भनेर । मान्छे गिज्याउने, बिच्काउने र मिलेर बसेकालाई छुट्टाउने अरु कोहि हुँदैन, आफ्नै छेउछाउको मान्छे हुदोँरहेछ। अन्तरे काकाहरू पनि उस्तै छ नि। सुनेर पनि नसुनेको जस्तो, देखेर नि नदेखेको र बुझेर नबुझे जस्तो गर्ने आफ्नु मान्छे । तल परेकी अरुलाई जबरजस्ती कोस्ने अर्का मान्छेको प्रवृत्ति रहेछ । म मुख धोएर घर तिरको उकालो लागे। तलबाट अन्तरे काका कराउँदै, ‘ओई कान्छा ! जवाफ दिएनस हगि कप्टि ।`भन्दै खिकखिक गरेर हाँस्दै गिज्याउँदै थियो। म बोलिन । उ तिर फर्केर पनि हेर्दै हेरिन पनि त्यहि ठिक लाग्यो ।
अन्तरीको जति नै खोइरो खनेर अर्को स्त्रीलाई खुशी परे पनि अन्तमा सुख र दुःखको साथी घरकै स्त्री हुन्छन्। राती पाकपाक पुकपुक परे पनि बिहानैको तातो मगमगाउने चिया काखैमा राखिदिन्छीन् । अनि उ चहि नबोलि जान्छिन् भान्सा कोठा तिरै। जुन हातले मिठामिठा पकवान बनाएर खुवाउँछिन् । तातो चिसोको ख्याल राख्छिन् । म भने उसैको छिछि गरेर अर्कीसंग बेस्सरी खिकखिक गर्दैछु । यस्तै सम्झेर बिस्वाद लागेर आउँछ मनमा, अनि त जान्छु उसको नजिक चुल्होमा। उ रोटि, तरकारी र अचार बनाउँदै छिन् मेरै लागि,’खै ! एउटा रोटी देउ त तातो खाईदिउँ ।` भन्दै बहाना बनाएर उ संग बोल्नु खोजें। उसले नबोलिकन एउटा रोटी टपक्क टिपेर थालमा राखिदिईन् । बिस्तारै उसलाई फकाउँदै मैले भने ‘अब मोबाईलमा भाउचर ठ्याम्मै लगाउदिन कुरा सक्कि गो’।
‘किन ! लगाउ न लगाउ। यौटी नक्चरीलाई खुशी बनाएर घरकोलाई खिकखिक गराउनु पर्दैन र ? दिनभरी रातभरी फोनै फोन कोट्टाएर खानु पुगिहाल्छ कि कसो ?` ठुस्केर यसरी नै अन्तरीले मनको गुनासो सुनाउँछिन् ।
अनि म मनमनै भन्छु, ‘यो दोष मेरो होइन युगको हो । अन्तरी जसरी भए नि हामी पनि युग अनुसारकै हुनुपरेन र ?` उ यतिकै चुल्हा चौका सिद्धाइन् । पुक्क फुलिएर भए पनि मेरो खानु पिउनुको ख्याल राख्छिन् । यहि उसको ईमान्दारीपनमा मैले उ सित धेरै बैमानी गरिरहेको रहेछु । धेरै अन्याय गरिरहेको रहेछु। अति नै घिनौना व्यवहारमा फस्टाईसकेको रहेछु। बल्ल थाहा भयो फोनवाली न दुःखमा न सुखमा साथ दिन्छ । तर अन्तरी जन्मभरिको साथी। यस्तै सोच्दै नै मेरो मनमा एउटा कुरा झट्ट आयो । त्यै के भने जमानाको कुरा त गरे । तर बिचारी मेरी अन्तरीले चाहिँ अहिलेसम्म मोबाईल कोट्याउनु जानेकै छैनन्। उसलाई पनि एउटा मोबाईल नल्याइदिएर खुशी पार्नुपर्यो भनी मनले ठाने । अनि फकाउँदै भन्छु, ´औ ! अन्तरी तिम्रो पनि एउटा मोबाईल होस् न तै बरु कि कसो ?`
‘झर्केर भन्छिन्, ´पर्दैन, बरु तिम्रो मोबाईल वालीलाई किनिदिनु । `उसको उत्तरले मेरो त मनै चिउवा भयो । कसैले सुन्यो भने आँखा लगाएर झेउल बढेको छ, कान्छा र अन्तरीको भनेर डड़ेलो सल्काउन के बेर। आ ! बरु यसको ट्याउँ ट्याउँ सुन्नु भन्दा चुपचाप आजभोलिनै मोबाईल चाहि किनिदिनु पर्यो लाग्यो र म लागें आफ्नै कामको मेलोमेसो तिर।
यसरी दिन बित्दै जान्छ। हामी बिच कहिले हाँसखेल हुँदै, कहिले रिसको भेल हुँदै । एकापट्टि दुःख अर्कोतिर सुख हातोमालो गर्दै जिन्दगीको गाड़ी हाकिरह्यौ। मैले यतिबेला फोनवालीलाई भूलिसकेको थिएँ । उस्कोको फेसबुके प्रेमबाट टाढी सकेको थिए। ढुक्क पनि थिएँ ।
मैले मोबाईलको प्रयोग गलत तरिकाले गरे जस्तो लाग्दै आयो । पछि अन्तरी सम्झेर होस खुल्यो । अन्तमा मोबाईल हात पारेपछि उसले पनि त्यहि गल्ति नै दोह्राएर हिसाब बराबर गरिन् । मेरो स्वस्थ्य जिन्दगीलाई हल्का धक्का लगाएरै हिड़ीन् । खल्लो एक जिन्दगीको यात्राको यौटा छेउबाट साँझतिरको डुब्दै गरेको घामलाई नियाल्दै सोंच्दैछु, भोलिको बिहानी कस्तो हुन्छ होला ।
एकदिन अन्तरीलाई एउटा मोबाईल किनी ल्याएर दिएँ । मोबाईल पाएर उ पनि खुसीले गदगद भई । शायद उसले किनिदेउ मलाई पनि भन्नु नसकेको कुरा उसको काखैमा राखिदिएपछि कम्ति खुसी भईनन् । मोबाईल घुमाई फिराई, उल्ट्याई पल्ट्याई निकै बेरसम्म हेरिन् अनि भनिन्, ‘कहाँबाट आयो यो किन्ने रूपियाँ कान्छा।`
म पनि गजकै परेर, ‘मैले यो दुई हात नङ्ग्रा खियाउनु नजानेको हुँ र अन्तरी। मैले जे भने पछि गर्छु गर्छु क्या। बन्दुकको गोली यो कान्छाको बोली एउटै एउटै हो क्या त बुझ्यौं नि अन्तरी ।’ भन्दै आँखा पो झिम्काई दिए । उ पनि लजाएको पाराले ´छ्या ! हौ नक्कले ` भन्दै काठको सिङ्का टिपेर भुंई कोट्याउदै राता गाला पारिहालिन ।
उसलाई मोबाईल के कसरी चलाउने सबै तरिका सिकाईदिए। आहिले फेसबुक ज्यादा खोल्छिन्। कुनैबेला त,´औ ! अन्तरी यता आउन आउ ।` भनेर बोलाएर डढेको कालै तरकारी देखाई दिनुपर्छ । त्यतिबेला मात्रै उ आफ्नै हातले आफ्नै टाउको ठोकेर जिब्रो लामो तान्छीन् ।
कहिले त राती मोबाईल अन गरेर नै निंदाउँछिन । मोबाइलमा कुरागर्दै पाइखाना गर्छिन । अचेल मसंग कुरा गर्ने समय छैन उसको। मैले मोबाईल किनेर दिएपछि, कोही बेला आधारातमा नै मरीमरी उधुम हाँस्छिन्। उसको हालत देखेर सोच्दैछु म, मैले मोबाईल किनिदिनु गलत पो गरेछु। हिजोसम्म मोबाईल बेसी खेलायौ काम गरेनौ कि सौता फोनवाली छ ? के के भन्ने मेरी अन्तरी, उसलाई नै अचेल तिमीले मेरो जार तयार पारेछौ हगि भन्नु मनलाग्छ ।
मैले मोबाईलको प्रयोग गलत तरिकाले गरे जस्तो लाग्दै आयो । पछि अन्तरी सम्झेर होस खुल्यो । अन्तमा मोबाईल हात पारेपछि उसले पनि त्यहि गल्ति नै दोह्राएर हिसाब बराबर गरिन् । मेरो स्वस्थ्य जिन्दगीलाई हल्का धक्का लगाएरै हिड़ीन् । खल्लो एक जिन्दगीको यात्राको यौटा छेउबाट साँझतिरको डुब्दै गरेको घामलाई नियाल्दै सोंच्दैछु, भोलिको बिहानी कस्तो हुन्छ होला ।
राजनारायण राई,सोनादा, दार्जिलिङ
वि.सं.२०७८ पुस ३ शनिवार ०७:४० मा प्रकाशित






























