१
लाली गुराँस फुलेको
संसारकै सुन्दर मेरो देश
यो मन यसै भुलेको ।
२
फेवातालको पानीमा
हेर्न आऊ स्वर्ग मेरो देश
सुन्दरताको खानीमा ।
३
हिमालचुली हाँसेको
डाँफे मुनाल नाच्ने मेरो देश
माया मोह गाँसेको ।
४
कलकल गर्दै नशामा
मेचीकाली बग्ने मेरो देश
अमृत भर्दै नशामा ।
५
अमर गाथा निरमा
मुटुभित्र राख्छु मेरो देश
सगरमाथा शिरमा ।
जेके तिम्सिना, झापा
वि.सं.२०७८ पुस ३ शनिवार ०७:४८ मा प्रकाशित






























