back
CTIZAN AD

कविता: मनोयुद्ध

वि.सं.२०७८ पुस ३ शनिवार

708 

shares

यो छातीभित्र
उज्यालोको सकस र,
अँध्यारोको कहर बिच
युद्ध नचलेको कहिले पो थियो र !

छोडिनेहरुका दर्दले
चोइटाएको छाती,
यदाकदा,
भेटिनेहरुको संन्ताप बोकेर
अझै सजीवता बोध गर्छ

जीवीत आत्मा जब
मूर्छित आत्मामा प्रवेश गर्छ
तब आत्मा,
आत्माको परिक्रमाभित्र
सहजता,असहजता बिचपनि
युद्ध मच्चिइरहन्छ

हृदयले युद्धको उद्घघोष गरिसक्यो
मेरो छातीभित्र,
अब युद्ध जीवन्त जारी हुनेछ
किनपनि भने,
यादको सेना बनेर
यही छातीभित्र तिमी परेड खेल्नेछौ ।
यही छातिको शिविरमा तिमी बास बस्नेछौ ।।

यादका आयामको
चाप बढेर यो छातीभित्र,
कहिले आत्मा यात्रामा हुन्छ त,
कहिले आत्मा यात्री बनेर प्रवेश गर्छ

सम्झनाको आर्तनादले
पिडादायी बनेर
हृदयमै यस्तो हमला गर्छ कि,
रणभूमी बनेर छाती,
छुट्टिने र भेटिनेको याद बिचपनि,
युद्ध चलिरहन्छ

जिन्दगीको एउटै यात्रामा पनि
के, के हुँदैन र !
तपशिलमा,
परीक्षाहरु आइरहन्छन्
अनुसन्धान चलिरहन्छ
फरक यस अर्थले पार्दैन कि,
दर्द खटाउन आदत लागेको छ
आऊ !
तिम्रा सबै अस्त्रहरुको एकतामा
अब मेरो छातीको आयतन कब्जा गर

हृदयले युद्धको उद्घघोष गरिसक्यो
मेरो छातीभित्र,
अब युद्ध जीवन्त जारी हुनेछ
किनपनि भने,
यादको सेना बनेर
यही छातीभित्र तिमी परेड खेल्नेछौ ।
यही छातिको शिविरमा तिमी बास बस्नेछौ ।।

राधा पाण्डे, गैंडाकोट,नवलपुर

वि.सं.२०७८ पुस ३ शनिवार ०७:५० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...