७ पुष, काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते आफ्नो २१ औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
वि.सं.२०७८ पुस ७ बुधवार १०:१८ मा प्रकाशित




























