back
CTIZAN AD

विदेशबाट फर्किएर कृषि व्यवसायमा लागेका तीन युवाले पाए ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’

वि.सं.२०७८ पुस ९ शुक्रवार

636 

shares

त्रिशूली । वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा संलग्न भएका दुईसहित तीन किसान नुवाकोटमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट बिहीबार सम्मानित भएका छन् ।

कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्रले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार जिल्लाका उत्कृष्ट किसानका रुपमा बेलकोटगढी नगरपालिका–११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका–७ का बलराम पाठक र म्यागङ गापा–३ का प्रकाश तामाङलाई नगद रु १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नुवाकोटका उत्कृष्ट किसान घोषित भएका छन् ।

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १०:११ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...