९ पुष, काटमाडौँ । २०७८ पौष ८ गते लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।
साधारण सभाल ेआर्थिक वर्ष २०७७÷७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आ.व. २०७७÷७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १०:०८ मा प्रकाशित




























