काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको नेतृत्वमै पार्टी नयाँ विचार सहित अगाडि बढ्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आइतवारदेखि सुरु भएको आठौं महाधिवेशन उद्घाटन सत्रमा वरिष्ठ नेता श्रेष्ठले केही समयपछि विशेष महाधिबेशनमा जान सकिने भएपनि अहिले प्रचण्डकै नेतृत्वमा पार्टी नयाँ बन्ने बताएका हुन् ।
नेता श्रेष्ठले नेकपा माओवादी केन्द्र राष्ट्रियताको सन्दर्भमा कहिले कसैसँग नझुक्ने र सम्झौता नगर्ने प्रतिबद्धता र संकल्प गरेको समेत बताए । ‘यसको वरिपरी नेपालको सबै राजनीतिक पार्टीहरु यो उद्धेश्यमा समान ढंगले एकताबद्ध भएर अगाडि बढ्न पनि अपिल गर्न चाहान्छु ।’ वरिष्ठ नेता श्रेष्ठले भने ।
वरिष्ठ नेता श्रेष्ठले पार्टीभित्र आफुलाई बदल्नका लागि चारवटा कोणबाट छलफल गरिएको समेत बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको आठौं सम्मेलनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै मंसिर १५ गते सम्पन्न हुनेछ ।
वि.सं.२०७८ पुस ११ आइतवार २०:२० मा प्रकाशित






























