back
CTIZAN AD

आफै सच्चिन तयार भएको प्रचण्डको स्वीकारोक्ति

वि.सं.२०७८ पुस ११ आइतवार

852 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको समग्र विकासका लागि आफु सच्चिन तयार रहेको स्वीकारेका छन् ।

नेकपा माओवादी केन्द्रको आइतवारदेखि सुरुभएको आठौं महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले यो महाधिबेशनबाट आफुहरुले आत्मालोचना गर्न चाहेको बताउँदै आफु सच्चिन तयार रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछि विचार, संगठन, संरचना तथा रणनीति र कार्यनीतिमा आफुहरु कहाँ कहाँ चुक्यौ भन्ने विषयमा समिक्षा गर्नुपर्ने र सबैभन्दा बढी आत्मसमिक्षा आफ्नै बारेमा गरेको बताएका छन् ।

‘तपाईहरुले त्यो प्रतिवेदन पारित भइसकेपछि देख्नुहुनेछ जनयुद्धको तयारी र नेतृत्व गर्ने अवसर मलाई जुट्यो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने १२ बुँदे समझदारी गर्ने, संयुक्त जनआन्दोलन उठाउने, संविधानसभाबाट संविधान निर्माण गर्ने, प्रधानमन्त्रीले जसरी भन्नु भयो यो सबै अवसर मलाई जसरी प्राप्त भयो भने अहिले माओवादी आन्दोलन तथा पार्टी कमजोर जस्तो देखिनुमा मैले अरुलाई आरोपित गरेर हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रमुख नेताको हैसियतले म भित्र नै खोज्नुपर्छ भनेर मैले आफैलाई चिरफार गरेको छु ।’

वि.सं.२०७८ पुस ११ आइतवार २०:४८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...