back
CTIZAN AD

एसियन सेन्ट्रल जोन भलिबल : नेपाल फाइनलमा

वि.सं.२०७८ पुस १२ सोमवार

711 

shares

१२ पुष । नेपालको महिला भलिबल टोली बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २५–२० अङ्क, दोस्रो सेटमा २५–२३ अङ्कले तथा तेस्रो सेटमा २५–१४ अङ्कले हराएको हो । नेपाल लिग चरणको एक खेल खेल्नु अगावै फाइनलमा प्रवेश गरेको हो । नेपालले लिगको अन्तिम खेल किर्गिस्तानसँग खेल्ने ढाकामा रहेका नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए ।

पहिलो खेलमा पराजित भएको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायमै छ । उज्वेकिस्तानले आज श्रीलङ्कासँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउनेछ । जारी प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले चार खेलबाट ११ अङ्क जोडेको छ । श्रीलङ्का १० अङ्कसहित दोस्रो तथा उज्वेकिस्तान नौ अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै किर्गिस्तानको ६ अङ्क छ । बङ्गलादेश र माल्दिभ्स अङ्कबिहीन अवस्थामा छन् ।

वि.सं.२०७८ पुस १२ सोमवार ११:३३ मा प्रकाशित